थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Sunday, June 14, 2026
पाकिस्तानका बाढी पीडितलाई नेपाल सरकारले राहत सामग्री उपलब्ध गराउने
भदौ २८ नेपालले पाकिस्तानलाई रु दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताए ।

यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
पाकिस्तानमा विपद्मा परी मृत्यु हुने प्रति नेपाल सरकारले श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।




