एकीकृत समाजवादी दोलखा ख बाट महिला अभियन्ता तारा तामाङ समानुपातिकमा सिफारिस 

10Shares


भदौ २८ आगामी मङ्सिर ४ मा हुन गएको निर्वाचनको लागि दोलखा जिल्लाको प्रदेश ख, वाट तारा तामाङ समानुपातिक तर्फ सिफारिस हुनु भएको छ ।

दोलखा जिल्लाको सामाजिक अभियन्ताको रुपमा लामो समय वाट कार्य गर्दै आउनु भएकी तामाङले दोलखाको कम्युनिष्ट पार्टीको विभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्नु भएको छ । 

दोलखा जिल्लामा रहेर कम्युनिस्ट पार्टीमा  महिलाहरूको नेतृत्व गर्नेमध्ये राम्रो भूमिका निर्वाह गर्दै आउनु भएकी तामाङ  युवा, महिला, बालबालिका , जेष्ठ नागरिकको  मनमा बस्न सफल नेताको रुपमा स्थापित हुनुहुन्छ । 

नेकपा एकीकृत समाजवादी दोलखा पार्टी कमिटीको सचिवालय सदस्य, अखिल नेपाल महिला संघ दोलखा समाजवादीको अध्यक्ष , नेकपा एकीकृत तर्फ घटक संगठन नेपाल तामाङ समाज संघको कोषाध्यक्ष सहित विभिन्न जिम्मेवारीमा रहनु भएकी तामाङले विगतमा  शिक्षण पेशा सहित वित्तीय संस्थामा शाखा प्रमुखको रुपमा आफ्नो जिम्मेवारी पूरा गर्नु भएको उहाँले  हर हमेसा  समुदायको हकहितका लागि तत्पर रहँदै  महिला मानवअधिकार रक्षकहरूको जिल्ला सञ्जाल दोलखाकी  अध्यक्ष समेतको जिम्मेवारी सम्हालि रहनु भएको छ । सामाजिक क्षेत्रको योगदानको उच्च मूल्याङ्कन गर्दै  २०७७  फाल्गुन ५ गते गौरीशंकर च्छोरोल्पा मिडिया द्वारा  उहाँलाई  सामाजिक व्यक्तित्व २०७७ को सम्मान पनि प्रदान गरेको थियो । 

 कहिले कलम मार्फत कहिले साहित्य , कविता मार्फत सधैँ समाज परिवर्तनका निम्ति आवाज बुलन्द गर्ने र राजनैतिक , सामाजिक अनुशासन र नयाँ पीढी प्रतिको चिन्तन बोक्ने  दोलखाली चेली तामाङ कहिले कलम चलाएर कथा कविता र साहित्य सृजनाका माद्यमबाट  सामाजिक कुरीति कुसंस्कार र व्यभिचारको बिरुध्दमा आवाज बुलन्द गर्नुहुन्छ । 
 कर्म र  इमान्दारीमा विश्वास राख्ने तामाङ दीर्घकालीन सोच, उद्देश्यका साथ निरन्तर रुपमा अगाडि बढेमा अवश्य पनि लक्षमा पुग्न सकिन्छ भन्ने विश्वास राख्नुहुन्छ ।  पुँजीवादको अन्त्य गर्न  असमानताको खाडल पुर्दै  आफ्नो क्षमताको आधारमा अगाडि आउनु पर्छ जबकि महिलालाई आरक्षणका कोटामा मात्र खुल्ला प्रतिस्पर्धामा विचरण गर्न दिनुपर्ने उहाँको धारणा छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *