सरंक्षित वन्यजन्तुको ओखेटोपहार सहित मानिस नियन्त्रणमा ।।।

10Shares

सरंक्षित वन्यजन्तुको ओखेटोपहार सहित मानिस नियन्त्रणमा ।।।

विनोद मण्डल भदौ ९ । मिति २०७९/०५/०८ गते का.प.जि. बनेपा न.पा. वडा नं. ६ स्थित राधिका चापागाईले सञ्चालन गर्दै आईरहेको स्वागत क्याफे भित्र सरंक्षित वन्यजन्तुको ओखेटोपहार अबैध रुपमा बिक्री वितरण हुँदै गरेको भन्ने गोप्य सुचनाका आधारमा केन्द्रिय अनुसन्धान व्यूरो, महाराजगंज काठमाण्डौ र ईलाका प्रहरी कार्यालयबाट खटि गएको अधिकृत सहितको प्रहरी टोलीले उक्त स्थानमा गई खानतलासी गर्दा नामथर वतन खुल्न आएका निम्न व्यक्तीहरुको साथबाट सरंक्षित वन्यजन्तु सालकको खपटा (ओखेटोपहार) ९ के.जी. वरामद गरी आवश्यक कारबाहीको लागी मिति २०७९/०५/०९ गते डिभिजन वन कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोक पठाईएको छ ।
निम्न
१) जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ७ बस्ने भिम सिन्चुरीको छोरा बर्ष ४९ को गोबिन्द सिन्चुरी,
२) जिल्ला काभ्रेपलाञ्चोक महाभारत गा.पा. वडा नं. ७ बस्ने बिबै सिंह स्याङ्तानको छोरा बर्ष २५ को बिमान स्याङ्तान,
३) जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा नं. ४ बस्ने मंगल बहादुर झेडी मगरको छोरा बर्ष २६ को सुरज झेडी मगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *