सिटिस्क्यान गर्दा रक्सी पिउने मान्छेको मस्तिष्क सुकेको देखिन्छ

6Shares

१० चैत, काठमाडौं । रक्सी स्वास्थ्यको लागि कति लाभदायक र कति घातक छ भन्ने कुरा धेरैको चासोको विषय हो । रक्सीसँग जोडिएको विभिन्न तथ्यको विषयमा पनि मानिसहरूलाई जान्ने इच्छा हुन्छ ।

मदिराले हाम्रो शरीरमा कस्तो असर पार्छ ? रक्सीको सेवनपछि मानिस उत्तेजित र आनन्दित हुन्छन्, यसको कारण के हो ?

रक्सी पिएपछि मानिसले एक किसिमले आनन्द महसुस गर्छन्, रक्सी र आनन्दबीच मस्तिष्क वा स्नायु प्रणालीको कुनै सम्बन्ध हुन्छ ?

रक्सी खाएपछि मानिसहरू विभिन्न स्टेजबाट गुज्रिरहेको हुन्छन् । पहिलो सुरुवाती स्टेजमा मान्छेहरूले आनन्द महसुस गर्छन् । एकदमै रिल्याक्स फिल गर्छन् । धेरै मान्छेले तनाव भइराथ्यो, त्यहीं भएर रक्सी खाए भनेको पनि सुनेका छौं हामीले । रक्सी खाएपछि शरीरमा एउटा स्पेसल हर्मोनको विकास हुन्छ । जसलाई हृयाप्पी हर्मोन भनिन्छ जुन मस्तिष्कमा विकास हुन्छ । जसले गर्दा मानिसले आनन्दित महसुस गर्छ । त्यसैले रक्सी खाएर आनन्द महसुस गर्छु भनेको सत्य पनि हो ।

रक्सी भनेपछि यसमा धेरै कुरा मिसिएको हुन्छ । स्पि्रट, अल्कोहल र रक्सीमा प्रयोग भएको मुख्य इथानो आदि रक्सीको सेवनपछि पेटमा जान्छ, अनि पेट र सानो आन्द्राबाट एकदमै चाँडो सोसिन्छ, पानीसँग छिटो घुल्छ र शरीरको हरेक भागमा पुग्छ । शरीरको हरेक अंगमा यसले असर गर्छ । दिमाग, मुटुदेखि हातखुट्टा सबैतिर यसले असर गर्छ ।
रक्सी रगतको माध्यमबाट पनि शरीरको हरेक अंगमा पुग्ने गर्छ । सबैभन्दा बढी रगत लिने भनेको मस्तिष्कले हो । जसले गर्दा मानिसले खाएको रक्सी मस्तिष्कसम्म छिटो पुग्छ । त्यसैले मस्तिष्कसँग सम्बन्धित समस्या बढी देखिन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *