प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु : ओली

0Shares

प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु : ओली

५ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’

उनले गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

घाँटीको क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो ।

गिरिको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमा तथा ११ः३० देखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लगिने नेपाली कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *