इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
2024-11-20उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन संविधान संशोधन गर्ने समझदारी भएको छ : देउवा
2024-11-20तीन पटकको सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितको प्रदर्शन, प्रहरीले गर्यो लाठीचार्ज
2024-11-20त्यो नयाँ मापदण्ड, जसले देव गुरुङलाई स्वतः महासचिव बनायोगुरुङ हालको माओवादी केन्द्रभित्र वरियताका हिसाबले चौथो नम्बरमा पर्दछन् । उनीभन्दा अगाडिका नेताहरू सबैको जिम्मेवारी तोकिसकेको हुँदा गुरुङको पोल्टामा महासचिव पद पुगेको एक नेताले थाङ्मीचागु डट कमलाइ बताए ।
त्यो नयाँ मापदण्ड, जसले देव गुरुङलाई स्वतः महासचिव बनायो
गुरुङ हालको माओवादी केन्द्रभित्र वरियताका हिसाबले चौथो नम्बरमा पर्दछन् । उनीभन्दा अगाडिका नेताहरू सबैको जिम्मेवारी तोकिसकेको हुँदा गुरुङको पोल्टामा महासचिव पद पुगेको एक नेताले थाङ्मीचागु डट कमलाई बताए ।
२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिव पदका लागि लामो समयदेखि जारी खिचातानी अन्त्य गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई रोजेका छन् ।
महाधिवेशन सम्पन्न भएको करिब नौ महिना बितिसक्दा पनि आकांक्षीद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकारबीच सहमति जुट्न नसकेपछि त्यसको विकल्पमा गुरुङलाई महासचिवको जिम्मेवारी दिने निष्कर्षमा प्रचण्ड पुगेका हुन् । तर, यसमा प्रचण्डको चाहना मात्रै नभएर स्थायी कमिटीले तय गरेको पछिल्लो मापदण्डका कारण गुरुङ महासचिव बनेका हुन् ।
पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरे । उनले अरु दाबेदारलाई उपमहासचिवमा व्यवस्थापन गरेका छन् । गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् ।
प्रचण्डको पूर्व घोषणाअनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भए । उपाध्यक्षमा ल्याउने भनिएका दिनानाथ शर्मा र गणेश साह सचिव भएका छन् । उनीहरुसँगै चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।
गुरुङ हालको माओवादी केन्द्रभित्र वरियताका हिसाबले चौथो नम्बरमा पर्दछन् । उनीभन्दा अगाडिका नेताहरू सबैको जिम्मेवारी तोकिसकेको हुँदा गुरुङको पोल्टामा महासचिव पद पुगेको एक नेताले अनलाइनखबरलाई बताए ।
‘आकांक्षी दुवै जनाबीच सहमति नजुटेपछि हामीले बनाएको नयाँ मापदण्डमा वरिष्ठतालाई आधार बनाउँ भन्ने भयो,’ ती नेताले भने, ‘त्यसमा देव गुरुङ चौथो नम्बरमा पर्नुहुन्छ । उहाँलाई बनाउँ भन्ने प्रस्ताव आउँदा कसैबाट पनि विमति भएन ।’
यसमा महासचिवका आकांक्षी पुन र शर्माको पनि सहमति रह्यो । आफू महासचिव नहुने अवस्थामा निकट प्रतिद्वन्द्वीलाई रोक्न उनीहरु दुवै चाहन्थे । लामो समयदेखि पुन र शर्माका कारण पदाधिकारी चयनमा ढिला भएको भनेर आलोचना हुन थालेपछि दुवै जना एकले अर्कालाई नस्वीकार्ने तर आफू छोड्न तयार भएको संकेत प्रचण्डलाई गरेका थिए । केही समयअघि नै यो संकेत गरेपछि पम्फा भुसाल र शक्ति बस्नेतलाई प्रचण्डले महासचिव बनाउन सक्ने आँकलन भइरहेको थियो ।
पदाधिकारी चयन गर्न नसकिने अवस्था बनेपछि प्रचण्डले अघिल्लो वर्षको पुसमा सम्पन्न पार्टीको आठौं महाधिवेशनलाई पदाधिकारी विहिन केन्द्रीय कमिटी देखाएर समापन गरेका थिए ।
महाधिवेशन एक हप्तासम्म लम्बिँदा पनि पदाधिकारीको टुंगो लगाउन नसकेपछि प्रचण्डले अध्यक्षको जिम्मेवारी समेत त्यसको भोलिपल्ट पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक आयोजना गरेर लिएका थिए ।
आकांक्षी नेताहरूका बीचमा सहमति बनाउने जतिसुकै कोशिस गर्दा पनि असफल भएपछि प्रचण्डले अन्ततः त्यसको विकल्प खोजेका छन् । र त्यसको लाभ सशस्त्र युद्ध सुरु गर्दा बनेको माओवादीको केन्द्रीय समितिका १९ जनामध्येका एक देव गुरुङले प्राप्त गरेका छन् ।
सशस्त्र युद्ध सुरु गर्दा २०५२ सालमा गुरुङ पार्टीको केन्द्रीय सदस्य थिए । केन्द्रीय समितिभन्दा माथि ६ जनाको पोलिटब्यूरो थियो । जसमा प्रचण्ड महामन्त्री थिए भने मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, पोष्टबहादुर बोगटी र सीपी गजुरेल थिए ।