मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
मलेसियामा अभिषेक र आशुतोषले जिते तेक्वान्दोमा स्वर्ण

४ भदौ, काठमाडौं । नेपालका अभिषेक बराल र आशुतोष बरालले मलेसियामा भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
शनिबार भएको खेलमा अभिषेकले पुरुष ८० केजी तौल समूह र आशुतोषले पुरुषकै ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।
यसैगरी पुरुष ५४ केजी तौल समूहमा पुजन खड्का, ७४ केजीमा सुरज कार्की र पुरुषकै ६८ केजीमा अबास खानले रजत पदक जितेका छन् । यसैगरी महिला ६८ केजी तौल समूहमा पूजा कुँवर, पुरुष ५२ केजीमा अभिषेक डल्लाकोटी, ५५ केजीमा श्रीचन्द्र कार्की, ८७ केजीमाथिको तौल समूहमा अफ्ताव खान र ६८ केजीमा ज्वालासिंह गुरुङले कांस्य पदक जितेका छन् ।
यसअघि शुक्रबार भएको पुम्सेको प्रतिस्पर्धामा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको थियो । नेपालकी रेखमाया गुरुङले महिला ३० देखि ४० वर्ष उमेर समूहमा स्वर्ण पदक जितेकी थिइन् ।
यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईं, यही समूहको पुरुषमा मोहमद उमर खान र ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले रजत पदक जितेका थिए ।
मलेसियापछि नेपाली खेलाडीले भियतनाममा हुने ११ औं एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।




