सामाजिक पारदर्शिता कायम गर्दै सभापति रामचन्द्र यादव ।।।।

18Shares

सामाजिक पारदर्शिता कायम गर्दै सभापति रामचन्द्र यादव ।।।।

विनोद मण्डल भदौ ३ । सिराहाको राजनीतिक वृत्तमा चर्चित व्यक्तित्वको रूपमा चीर परिचित नाम हो रामचन्द्र यादव ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितीका सभापति रहेका यादवले पार्टीका निर्णयहरु समाजका सबै आम जनतालाई सूचित गर्ने गराउने हेतुले पार्टीका निर्णयहरु सार्वजनिक गर्दै अगाडि बढिरहेका छन् ।

सिरहाको नियमित मासिक बैठक सिरहा क्षेत्र न ४ को मिर्चैयामा संपन्न गर्दै विभिन्न प्रस्तावहरुमाथी व्यापक छलफल गरी पार्टीको भावी योजनाका बारेमा पनि निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

सभापति रामचन्द्र यादवले सिरहामा नेपाली राजनीतिक इतिहासमा परिवर्तनको खाँचो खड्किएको अवस्थामा नेपाली कांग्रेस पार्टिले विगतमा खेलेको भूमिका निरन्तर राख्ने बताउनु भएको छ ।

जिल्लाको सभापति जस्तो प्रमुख पदमा बसेर आम जनताको गुनासो सहज तरिकाले सुनिरहेका यादव घर दैलोमा गएर जनताको सामूहिक समस्या प्रति चिन्तित बनिरहेका छन् ।

विकास अनि पूर्वाधार निर्माणको लागि आफूले केन्द्र प्रदेशमा नियमित पहल गरिरहेको बताउने यादवले सामान्य जनताको फोन २४ सै घण्टा उठाइरहेका छन् । जनतासँग घुलमिल हुनसक्ने गुणका कारण यतिबेला चुनावी मैदानमा आउन स्थानिय जिल्लाका जनताले आवाज उठाइरहेका छन् ।

मिर्चैयाको मासिक बैठकमा नेपाली कांग्रेसका नेता अर्थात् समाजबादी चिन्तक माननीय प्रदिप गिरीको स्वास्थ्य लाभको समेत निर्णय पारित गरिएको उक्त पार्टीलाई उद्रुड गर्दै सुरेन्द्र यादवले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *