लहान नगरपालिकाका मेयर र बिधार्थीबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।।।

9Shares

लहान नगरपालिकाका मेयर र बिधार्थीबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।।।

विनोद मण्डल भदौ २ मधेश प्रदेश । मधेश प्रदेशको सिराहा जिल्लाको लहान नगरपालिकाकामा रहेको साविक एक मात्र पुरानो क्याम्पस जेएस मुरारकामा आयोजित मेयर र बिधार्थी बीचको अन्तरकृया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

जे ए स मुरारका बहुमुखी क्याम्पस लहानको आयोजनामा आयोजित भएको उक्त विशेष कार्यक्रममा लहानका मेयर महेश चौधरीलाई सम्मान स्वरुप मञ्चमा आमन्त्रण गर्दै पूर्व क्याम्पस प्रमुख अनिल झालगायतले खाढा ओढाएर सम्मान गर्नु भएको थियो भने मेयर चौधरीले गमलामा पानी राखेर कार्यक्रमको उद्दघाटन गर्नु भएको थियो ।

छोटो समयमा सम्पन्न गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले ९० (नबे ) लाख मूल्य बराबरको २ ओटा बस क्याम्पसलाई उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले ” जून ठाउँबाट अध्ययन गरेर शिक्षा प्राप्त गरे आज त्यसै ठाउँमा आफूलाई सम्मान गरेको क्षण खुशी लागेको ” वताउनु भएको छ । उनले राजनीति कमाउने भाडो भएको स्मरण गर्दै यसप्रति समाजमा वितृष्णा पैदा हुनु स्वाभाविक भएको कटाकक्ष समेत गर्नुभयो ।

कार्यक्रम मेयर र बिधार्थी केन्द्रित भएकोले मेयर चौधरीले उपस्थित विद्यार्थीहरूलाई आफ्नो गुनासो सहितको विचार राख्न ५ मिनेटको समय उपस्थित करिब ३९९ विद्यार्थीलाई दिएपनि करिब २ जना विद्यार्थीले मात्र क्याम्पसको समसमायिक समस्या पहिचान गर्न आफ्ना विचार राखेका थिए ।

बिधार्थीबाट आएका गुनासालाई सकारात्मक रूपमा लिँदै मेयर चौधरीले छात्रवृत्तिमा बढी ध्यान केन्द्रित गर्ने बताउँनु भएको छ । स्थानिय विद्यार्थीलाई अध्ययनमा सहजताको लागि गरिबी निवारणका उद्देश्यका साथ यस क्याम्पसले पहाडको टुप्पा देखि सीमावर्ती दक्षिणी भागसम्म विद्यार्थीलाई सहजता हेतु बसको व्यवस्थापनमा जोड दिएका मेयरको चौतर्फी प्रसंशा भइरहेको देखिन्छ ।

चर्काे शुल्कमा अटो र सार्वजनिक वसको भाडा तिर्दै आईरहेका बिधाथीहरुले क्याम्पसमा दुई वटा वस सेवा थपिएको खवरले बिधार्थीहरु हर्षित भएका छन् ।

अन्र्तक्रिया कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी, सहायक क्याम्पस प्रमुखःसंजय कुमार चौधरी , शिक्षकहरु, प्रोफेसरहरु र बिधार्थीहरु ,पत्रकारहरु लगायतको उपस्थितमा कार्यक्रम गरिएको थियो ।

भौतिक पूर्वाधारमा पनि आर्थिक सहयोग गर्ने मेयर चौधरीले बताइरहँदा क्याम्पसका बिधार्थी निलम चौधरी आफना गुनासाे यसरी राखेकी छिन् ” क्याम्पस सरकारी हो , तर प्रत्येक वर्ष शूल्क बढाएर विद्यार्थीलाई हैरान गर्दा , प्राईभेट क्याम्पसमा किन नपढने ? यसको लागि मेयर साहेवले शूल्कमा बिचार गरिदिनको लागि आग्रह गरेकी छिन् “

गुनासो राख्दै अर्का एक बिधार्थीले ग्रामिण चौकको शिव मन्दिर देखि क्याम्पस गेटसम्मको वाटो जिर्ण भएकोले हजारौ बिधार्थीलाई आवतजावतमा सास्ती भइरहेको अवस्थामा मेयर चौधरीले सहज रुपमा लिएर बिधार्थीहरुको समस्या र अवस्था हेरी सक्दो शूल्क घटाउने लगायतका व्यवस्था मिलाउने वचन दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *