ब्याक टु ब्याक नसोचेको जनसमर्थन पाइरहेका रबि लामिछानेले एकाएक किन गरे यस्तो घोषणा, छायो नयाँ खुसीयाली !

11Shares

काठमाडाैँ । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावको मुखमा आएर बोल्ड डिसिजन गरेको छ । नयाँ पार्टी भए पनि देशव्यापी चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भर्खरै गरेको निर्णयका कारण सङ्घीयता विरोधीहरूमा खुसीयाली छाएको छ ।

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ तर रवि लामिछानेको पार्टीले भने प्रदेशसभाको निर्वाचन बहिस्कार गर्ने भएको छ ।

आगामी निर्वाचन पछि नै सरकार बनाएर सिंहदरबार छिर्ने अठोट गरिरहेका रवि लामिछानेले अहिलेकै सङ्घीय संरचनामा प्रदेश सभाको निर्वाचनमा सहभागी हुनु भनेको राज्य स्रोतको दोहन गर्नु मात्रै भएको भन्दै प्रदेशको निर्वाचनमा सहभागी नहुने र प्रतिनिधिसभा निर्वाचनमा मात्रै सहभागी हुने निर्णय पार्टीको केन्द्रीय समितिको बैठकले गरेको जानकारी दिएका छन् ।

पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी,मात्र सङ्घीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष रवि लामिछानेले बताए ।

उनले भने,‘यही संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन। प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौँ।

रवि लामिछानेको पार्टीले यस्तो निर्णय गरे पछि सङ्घीयता विरोधीहरूमा खुसीयाली छाएको छ । विद्यमान सङ्घीयताको संरचनामा राष्ट्रिय स्वतन्त्र पार्टी सहमत नभएको र यसलाई स्वीकार नगर्ने भन्ने उनीहरूको निर्णयबाट स्पष्ट भएको छ ।

पार्टी घोषणा गर्दा रवि लामिछानेले सङ्घीयता स्वीकार गरेका थिए । आफू व्यवस्था होइन नेपाली जनताको अवस्था बदल्न आएको भन्दै लामिछानेले सङ्घीयता , धर्मनिरपेक्षता र गणतन्त्र स्वीकार गरेको भनेका थिए तर बिस्तारै यसका प्रारूपहरूमा सुधार चाहेको सङ्केत उनको पार्टीले गरेको छ ।

अहिलेकै जस्तो सङ्घीयताको मोडलमा सहभागी हुनु भनेको राज्य स्रोतको दोहन गर्नु हो भनेका रविले कस्तो खालको सङ्घीयताको मोडल चाहेका हुन् भन्ने स्पष्ट पारेका छैनन् । पार्टी घोषणा गर्दाका बखत लामिछानेले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *