बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24बलात्कार कहिल्यै स्वीकार्य र सामान्य हुन सक्दैन कानूनमन्त्री गौतम
2026-08-24
बाबुराम लगायतसँग सहकार्यबारे माओवादी बैठकमा छलफल हुँदै
बाबुराम लगायतसँग सहकार्यबारे माओवादी बैठकमा छलफल हुँदै
३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।
बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य र मोर्चाबन्दीबारे छलफल हुने एक नेताले जानकारी दिए ।
डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् । सो मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारीसमेत भइरहेको छ ।
हिजो नै बस्ने भनिएको स्थायी कमिटी बैठक नेताहरुको कार्यव्यस्तताको कारण देखाउँदै आज बिहानसम्मका लागि सारिएको थियो ।
आजको बैठकमा आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचन लक्षित कार्यक्रम र नेताहरुको कार्यविभाजनबारे पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।
डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्र






