रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ
इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ
इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ । मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ । सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गरेको आरोप लागेको छ ।
पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो ।
केपीकेका प्रवक्ता अलि फिक्रीले स्थानीय सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । केपीकेको टोलीले उनीहरुमाथि लागेको आरोपसम्बन्धी अरु प्रमाणहरु जुटाउँदै गरेको पनि फिक्रिले जानकारी दिए ।
“धेरै कुरा पत्ता लागेपछि हामी स्पष्ट भएर उनीहरुलाई पक्राउ गरेका हौँ, थप अनुसन्धान गर्ने र प्रमाण जुटाउने काम पनि गरिरहेका छौँ,” उनले भने । पक्राउ परेका सबैलाई उच्च सुरक्षाका साथ राखिएको उनले बताए ।