प्रदिप हुमागाईं राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षक  

2Shares

प्रदिप हुमागाईं राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षक  

२६ साउन, काठमाडौं । प्रदिप हुमागाईं राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले आगामी असोजमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि हुमागाईंलाई कार्यवाहक प्रशिक्षक तय गरेको एन्फाका एक सदस्यले जानकारी दिए ।

नेपालले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।  मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हाल बिदामा आफ्नै देश कुवेतमा रहेकोले एन्फा कार्यसमिति बैठकले कार्यवाहक तोकेको हो ।

गत जुनमा कुवेतमै भएको एएफसी एसियन कप छनोटका क्रममा मैदानमै ढलेका उनी तीन महिनाका लागि बिरामी बिदामा बसेका थिए ।

कुवेतमै रहँदा उनले मैत्रीपूर्ण खेलका लागि भन्दै २६ खेलाडीको सूची एन्फामा पठाएका थिए । तर केही दिनअघि एन्फाले अल्मुताइरीलाई पठाएको पत्रको जवाफ नआएको भन्ने खबर सार्वजनिक भएपछि अल्मुताइरीले आफूले पत्र नै नपाएको र के जवाफ दिने भन्ने आशयसहित कडा स्ट्याटस लेखेका थिए ।

उनले एन्फाको पत्रकार बारेमा आफूले कानूनी सल्लाहकारसँग छलफल पनि गररिरहेको बताएका थिए । त्यसैले तत्काल अलमुताइरी नेपाल आउनेमा आशंका रहेकाले  एन्फाले उनको विकल्पमा कार्यवाहक खोजेको हो ।

खेलाडी र प्रशिक्षकको विवादबारे छानबिन गरेको समितिले एसियन कप छनोटपछि अल्मुताइरीको विकल्प सोच्न सुझावसहितको प्रतिवेदन एन्फामा बुझाएको थियो ।

यो पनि पढ्नुहोस
अटेरी अल्मुताइरी : एन्फाको जवाफ नदिने, मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको सूची पठाए
 

एन्फा नेपाली फुटबल प्रदिप हुमागाईं

Leave a Reply

Your email address will not be published. Required fields are marked *