थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
कृषक पाठशाला स्थानिय स्तरमा सञ्चालित गरिदै, कृषि आकर्षण बढ्दो ।
कृषक पाठशाला स्थानिय स्तरमा सञ्चालित गरिदै, कृषि आकर्षण बढ्दो ।
विनोद मण्डल साउन २५ । राष्ट्रिय कृषक समूह महासंघ सिरहाको आयोजनामा लहान प्यासिफिक होटेलमा किसान अधिकारप्रति समर्पित लैंगिक तथा जलवायु मैत्री एकीकृत कृषक पाठशाला एबं उद्धमशिलता कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
होटल प्यासिफिकमा गत साउन 22 देखि शुरू भई २५ गते समापन कार्यक्रमको समापन गरिएको छ । करिव ४ दिन चलेको उक्त कार्यक्रममा सिरहाको भगवानपुर, सखुवानन्कारकट्टी, नवराजपुर , धनगढीमाई न पा , सप्तरीका रुपनि र अगनिसैर कृष्णशवरण गा पा लगाएत करीब ६ वटा स्थानिय तहका प्रमुख , उप प्रमुख , प्रमुख प्रशासकिय अधिकृत , कृषि शाखा प्रमुख लगाएत प्राविधिकहरुलाई सहभागी गराइएको थियो ।
महासंघ केन्द्रिय उपाध्यक्ष अमिरलाल यादव , मधेश प्रदेश प्रमुख मुकती यादव , जिल्ला अध्यक्ष प्रदीप सिंह दनुवार,र दिलीप शाह लगायत कृषि र किसानको वकालत गर्ने कृषक अगुवाहरूको अथक प्रयास पछि सिरहा सप्तरीमा कृषक पाठशाला शुरु हुँदैछ गरेको अवस्था रहेको देखिन्छ ।
नेपालमा एकातिर रासायनिक विषादी मापदण्ड विपरित प्रयोग भई ८५% माटो बिरामी भइसकेको छ भने अर्कोतिर जलवायु परिवर्तन भइसकेको अवस्था रहेको पाइन्छ । वातावरणीय प्रभावले जल जमीन जंगल जनावर लगायत मानवमा नकारात्मक असर पर्न थालेको छ । जमीनमा मित्र जीवको नाश र शत्रुजिवको बिगबिगी अत्यधिक बढेको कारण खाद्यान्न संकटलाई रोक्न कृषक पाठशाला अतिउत्तम उपाय भएकोले महासंघले यी ६ वटा पालिकाको केही वडामा कृषक समूह मार्फत यो कार्यक्रम शुरू गर्न लागेको हो। ।
यस कार्यक्रम मार्फत किसानले अर्गानिक खेती सम्बन्धी सबै ज्ञान प्राप्त गर्ने छन् र किसान बाट उद्धमी बन्ने प्रेणा मिल्नेछ । अतिविप्पन गरीब सीमान्तीकृत समुदायलाई समेटेर करार खेती गरी खाद्य संकट टार्ने योजना महासंघको रहेको छ । विगत ५ वर्ष देखि भगवानपुर, सखुवानन्कारकट्टी गा पा र धनगढीमाई न पा हरुमा सञ्चालनमा आएको
करार खेतीको लागि जग्गा भाडा पलिकाले व्यहोर्छन् भने बाँकी सबै प्रविधि उपकरण केयर नेपालको सहयोगमा महासंघले गर्दै छन् ।





