तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
लागु औषध सहित मानिस नियन्त्रणमा ।।।।

लागु औषध सहित मानिस नियन्त्रणमा ।।।।
विनोद मण्डल साउन १५ । काभ्रेपलाञ्चोक बनेपा न.पा १० जनागालमा मिति २०७९/०४/१४ गते अ. ९:३० बजेको समयमा लागू औषध कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी गस्ति टोलिले लागु औषध सहित मानिस नियन्त्रणमा लिएका छन् ।
प्रहरीले उनीहरूबाट ३०२ एम्पुल DIAZEPAM, ३०२ एम्पुल PHENERGAN र ३०२ एम्पुल NOOPHIN गरि एकमुष्ट ९०६ एम्पुल लागू औषध सहित बारा पिपरपाती गा.पा ४ बस्ने वर्ष अ. ३५ को समसोदिन मिया, बनेपा न.पा १० बस्ने वर्ष २८ को सविन हुमागाई र बारा डुमरवाना ४ बस्ने अ. वर्ष ३८ कि संगिता चौधरीलाई नियन्त्रणमा लिएका हुन् ।
लागू औषध विरगंज पर्सा वस्ने मानिसहरूले दिई पठाएको भन्ने खुल्न आऐकोले प्रहरी टोलिले स्थानिय प्रहरीसँगको सहकार्यमा बारा कलैया उप महानगरपालिका १२ बस्ने वर्ष अ. २७ को पवन कुमार शाह र विरगंज महानगरपालिका २४ पर्सा बस्ने अ. वर्ष २७ को शेषनाथ शाहलाई विरगंज पर्साबाट नियन्त्रणमा लिई मिति २०७९्/०४/१५ गते सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





