दाङमा कुलोमा डुबेर युवकको मृत्यु

0Shares

१३ साउन, दाङ। दाङमा कुलोमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-२ पोटलीका २६ वर्षीय नरेश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।

उहाँका अनुसार यसअघि पनि चौधरी विभिन्न रोगले ग्रसित भएको र त्यही कारणले कुलोमा डुबेर मृत्यु भएको हो ।

उनको शुक्रबार बिहान ९ बजेतिर कुलोमा डुबेर मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *