मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
बाराबाट भारततर्फ लैजाँदै गरेको १५० किलो गाँजा बरामद

बाराबाट भारततर्फ लैजाँदै गरेको १५० किलो गाँजा बरामद
७ साउन, वीरगञ्ज । सशस्त्र प्रहरीले बाराबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
मकवानपुर कैलाश गाउँपालिका ६ सानुलेख बस्ने अन्दाजी २९ वर्षीय राजकुमार रुम्बा तथा भारत बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर वडा नं ११ भरवलीया बस्ने श्यामलाल महतो पक्राउ परेका हुन् ।
शुक्रबार राति ९:५० बजे बाराको महागढीमाई नगरपालिका ५ तेलगाइको बाटो हुँदै दक्षिण भारततर्फ लैजाँदै गरेको ट्रक नम्बर बा५ख ८०७५ राकेर चेकजाँच गर्दा गाँजा फेला परेको थियो ।
ट्रकको माथिल्लो भागमा फल्स बटम बनाई लुकाएर लैजाँदै गरेको १० पोका गाँजा फेला परेपछि गाँजा, ट्रक, चालक रुम्बा र महतोलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिए ।
विशेष सूचनाको आधारमा बरामद गरिएको गाँजा, ट्रक र दुवै जना मानिसलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाईएको बाराका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले बताए ।




