नवनिर्वाचित भारतीय राष्ट्रपतिको जीवन संघर्ष : दुई छोरा र श्रीमानको छोटो अन्तरालमा निधन भएको थियो !

0Shares

नवनिर्वाचित भारतीय राष्ट्रपतिको जीवन संघर्ष : दुई छोरा र श्रीमानको छोटो अन्तरालमा निधन भएको थियो !

भारतकी १५ औं राष्ट्रपतिका रुपमा चुनिएकी द्रौपदी मुर्मूका सन् २०१० पछिका चार वर्ष निक्कै दुःखद रहे । उनले यी ४ वर्षमा परिवारका तीन सदस्य गुमाइन् ।  सन् २०१० र २०१४ को बीचमा द्रौपदीका दुई छोरा र श्रीमानको मृत्यु भयो । जसमध्ये जेठो छोराको मृत्यु आकस्मिक भएकाले शंकाको हिसाबले हेरिन्छ । 

उनका जेठा छोरा मृत्युको अघिल्लो रात साथीको घरमा पार्टीमा गएका थिए । राति घर फर्किएर थाकेको छु, डिस्टर्ब नगर्नुस् भन्दै सुतेका थिए । तर बिहान ढोका ढक्ढक्याएपछि खुलेन । धेरै ढडकढकाउँदा पनि ढोका नखुलेपछि पछि बलपूर्वक ढोका खोल्दा उनी मृत भेटिएका थिए । 

जेठो छोराको मृत्यु भएको दुई वर्षपछि कान्छो छोराको सडक दुर्घटनामा मृत्यु भयो । द्रौपदीका भाउजु शाक्यमुनिले त्यसबेलाको स्मरण गर्दै भनिन् ,‘जेठो छोराको मृत्यु हुँदा ६ महिनासम्म द्रौपदीलाई डिप्रेसन भएको थियो । उनलाई यो समाचार स्वीकार्न निक्कै गाह्रो भएको थियो । त्यसबेला उनले अध्यात्मतिर लागेर दुःख भुल्ने प्रयास गरेकी थिइन् ।’

मुर्मू ब्रह्मकुमारी सेवामा आवद्ध रहेर आध्यात्मिक कार्यमा संलग्न भइन् । कान्छो छोराको मृत्यु हुँदासम्म द्रौपदीको मन निक्कै बलियो भइसकेको उनकी भाउजु सम्झिन्छिन् ।  ‘जेठो छोराको मृत्युले टुटेकी द्रौपदी कान्छो छोराको मृत्युको खबर दिँदा आफैले फोनमा सम्झाएकी थिइन्– नरोइ घर आउनु ।

सामान्य समयमा घरमा पाहुना आएजसरी आउनुस् भनेकी थिइन्,’ शाक्यमुनीले भनिन् ।  सन् २०१४ मा उनका श्रीमान श्याम चरण मुर्मूको पनि निधन भयो । श्याम बैंकर थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *