किसानको लागी खाद मल कोशेढुङ्गा ।।।

37Shares

किसानको लागी खाद मल कोशेढुङ्गा ।।।।

विनोद मण्डल साउन ४ । कृषि प्रधान मुलुक भनेर चिनिएको हाम्रो देशमा आम किसानलाई यतिबेला खाद मलको चटारो भएको छ ।

तराईका अधिकांश जिल्लाहरूमा वर्षा एका एक रोकिएपछि एकातिर खडेरीको सम्भावना बढेको छ भने अर्कोतिर पम्प सेटको सहयोगमा जमीनको पानी तानेर रोपिएको धान बालीमा हाल्नुपर्ने खाद मल आम किसानले सजिलै प्राप्त गर्न पाएका छैनन् ।

भारतीय बजारमा पाइने युरिया मल भन्दा पावर फूल मलको रुपमा चिनिएको मल कोटा प्रणाली अनुशार वितरण थालिए पछि आम किशान मर्कामा पर्न थालेका हुन् ।

जनप्रतिनिधिको सिफारिशमा पाइने मलको प्राप्तिमा किसानले सास्ती भोग्न थालेका छन् । जनप्रतिनिधिहरुले आफ्नो पार्टी र नजिकको किसानलाई अन्य भन्दा प्रयाप्त मल दिने गरेको गुनासो स्थानिय स्तरमा हुन् थालेका छन् ।

कतिपय ठाउँमा जनप्रतिनिधिले आम किसानलाई थाहै नदिई आफ्ना नजिकका किसानलाई मल दिने गरेको गुनासो एकातिर रहेको छ भने अर्कोतिर कमिसन लिएर खाद मल वितरण गर्न थालेपछि आम किसान मर्कामा पर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *