कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
Monday, September 14, 2026
अर्थ मन्त्रालयले सीसीटीभीको हार्डड्राइभ दियो, खोजेको फुटेज भेटिएन

अर्थ मन्त्रालयले सीसीटीभीको हार्डड्राइभ दियो, खोजेको फुटेज भेटिएन
३१ असार, काठमाडौं । अर्थ मन्त्रालयले करको दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न भए नभएकोबारे छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिलाई सीसीटीभी फुटेजको हार्डड्राइभ नै दिएको छ । तर प्राप्त हार्डड्राइभमा बजेट निर्माणको अन्तिम समयको फुटेज नै नभेटिएको एक सदस्यले जानकारी दिएका छन् ।
समितिले जेठ १४ गते मध्यान्ह १२ बजेदेखि १५ गते मध्यान्ह १२ बजेसम्मको फुटेज मागेको थियो । एक सदस्य भन्छन्, ‘मन्त्रालयले हामीले मागेको समयको फुटेज छैन भनेन । हार्डड्राइभ नै दिएर पठायो । तर हामीले हेर्दा त्यो बेलाको फुटेज नै भेटिएन ।’





