लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Sunday, November 22, 2026
बाल यौन दुरुपयोग गरेको आरोपमा वडाध्यक्ष पक्राउ

बाल यौन दुरुपयोग गरेको आरोपमा वडाध्यक्ष पक्राउ
मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले पक्राउ गरेको छ । बाल यौन दुरुपयोगको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन हेटौँडा आएका कैलाश गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई वडाध्यक्षले बाल यौन दुरुपयोग गरेको आरोप छ ।
असार १८ मा सो घटना भएको भन्दै पीडितको तर्फबाट शुक्रवार प्रहरीमा उजुरी परेको थियो । जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।





