कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
मधेस परिवर्तनको बाधक तत्वहरूको पहिचान तपाईं हाम्रो दायित्व ।।।

मधेस परिवर्तनको बाधक तत्वहरूको पहिचान तपाईं हाम्रो दायित्व ।।।
विनोद मण्डल आषाढ़ २७ । समाज सुधारका निम्ति राजनीतिक इतिहास कोरिएका पानाहरु पल्टाई हेर्दा अनेकन ज्ञात अज्ञात शहीदहरूले आफ्नो कुर्वानी दिएको भेटिन्छ ।
सजाज परिवर्तनको सपना बुन्दै महान भाषण गर्ने मधेशका नेता गणलाई समाजको कहाली लाग्दो दृश्यहरूप्रति ध्यान केन्द्रित गर्न जरुरी देखिएको छ ।
हामी कहिले सुद्रिने हाे ? मधेशका अधिकांश गाउँ घरमा घर अगाडि रहेकाे सार्वजनिक सडक मिचेर कहीं टहरा बनाउने त कहीं गोबरको चाङ राखेर इन्धनको रूपमा प्रयोग हुने गुइँठा बनाएर सडमार्ग अवरुद्ध गरेर परिवर्तनको सपना कहिले सम्म देखिरहने हो ?
आफ्नो घर दैलो वरिपरिका क्षेत्रमा बाटो बिजुली लगायतका पूर्वाधारको विकास चाहनेले किन सार्वजनिक सरोकारका पक्ष लाई संरक्षणमा ध्यान दिँदैनन् ?
मधेशका विकास चाहनेहरुले आफ्ना सोचमा परिवर्तन गर्न आवश्यक छ ।





