एमालेको चुनावी समिक्षा : २०७४ को तुलनामा ६ लाख बढी मत आयो

0Shares

एमालेको चुनावी समिक्षा : २०७४ को तुलनामा ६ लाख बढी मत आयो

नेकपा एमालेले २०७४ को स्थानीय चुनावको तुलनामा यो पटक भएको स्थानीय चुनावमा ६ लाख भन्दा बढी मत ल्याएको दावी गरेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अन्तरपार्टी निर्देशन ४ जारी गर्दै यस्तो दावी गरेका हुन् । ओलीले जारी गरेको अपानीमा एमालेले अघिल्लो निर्वाचनमा पाएको मतभन्दा ६ लाख १९ हजार १०५ मत बढी भएको दावी गरिएको छ ।  

हालै सम्पन्न सचिवालय बैठकको निर्णयसहित जारी गरेको अपानीमा अपानी १ प्रतिशत लोकप्रिय मत बढेको पनि उल्लेख छ । ‘समग्र मतको विश्लेषण गर्दा यस निर्वाचनमा पनि पहिलो स्थानमा कायमै छ । एमालेले अघिल्लो निर्वाचनमा सदर कूल मतको एक तिहाई मत (३३ प्रतिशत) हासिल गरेको थियो भने यस निर्वाचनमा लोकप्रिय मतमा एक प्रतिशत (३४ प्रतिशत) वृद्धि गरेको छ’ अपानीमा भनिएको छ, ।

माओवादी केन्द्रको लोकप्रिय मत (अघिल्लो पटक पाएको मत)बाट खस्किएर १२ प्रतिशतमा पुगेको एमालेको दाबी छ । त्यसैगरी एकीकृत समाजवादीले ४ प्रतिशत मत पाएको पनि एमालेको विश्लेषण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *