कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
विभिन्न पार्टीका नेता तथा कार्यकर्ता रेशम चौधरीको पार्टीमा प्रवेश

विभिन्न पार्टीका नेता तथा कार्यकर्ता रेशम चौधरीको पार्टीमा प्रवेश
शनिबार कैलालीको दुई ठाउँमा गरिएको कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । लम्कीचुहा नगरपालिका जेसिस भवनमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५८१ जना नेता, कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको पार्टीले दाबी गरेको हो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा प्रदेश संगठन विभाग प्रमुख अरुण कुमार चौधरीको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै, घोडाघोडी नगर पालिका–२ साँडेपानी बजारस्थित दक्षिण ताल नजिकै रहेको बैठक हलमा भएको कार्यक्रममा ३८४ जना नेता, कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको नेता लक्ष्मण थारुले बताएका छन् । उनले आजै उदयपुर जिल्लामा पनि पार्टीको जिल्ला भेला भएको जानकारी दिए ।





