नेताका सालिक निर्माणका लागि साँढे सात करोड

0Shares

नेताका सालिक निर्माणका लागि साँढे सात करोड


मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेता तथा शहीदहरुको सालिक निर्माणका लागि करिब साढे सात करोड रुपैयाँ छुट्याएको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा सप्तरीमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको सालिक निर्माणका लागि ५० लाख, महोत्तरीमा मैथिली भाषाका महाकवि विद्यापतिको प्रतिमा स्थापना तथा सौन्दर्यीकरणका लागि ५० लाख विनियोजन गरिएको छ । यसैगरी नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी रामनारायण मिश्रको सालिक निर्माण गर्न ५० लाख, मधेसवादी नेता गजेन्द्रनारायण सिंहको सालिक निर्माण गर्न पाँच करोड र गणेश नेपालीको सालिक निर्माण गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ ।

यसैगरी जनकपुरधाम उपमहानगरपालिका–२५ मा गन्तन्त्रवादी नेता अरविन्द ठाकुरको सालिक निर्माणका लागि १० लाख, जनकपुरधाम–२३ मा अमर शहीद दुर्गानन्द झा लगायत शहीदहरुको स्मारक निर्माणका लागि ४० लाख रुपैया छुट्याएको छ । विपक्षी दलले भने विकासका लागि भन्दा अनुत्पादक ठाउँमा बजेट विनियोजन भएकोमा असन्तुष्टि जनाएका छन् । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले सरकारले ल्याएको बजेट विकासको पक्षमा नरहेको बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *