कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
Monday, September 14, 2026
आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक

आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक
सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाइँदैछ । आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ साथै आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।





