हाम्रा पुर्खाहरुले यसरी दुख गरेका थिए।

0Shares

हाम्रा पुर्खाहरुले यसरी दुख गरेका थिए।
जमानामा हाम्रा बाजे पुर्खाहरुले यसरी टाढा देखि नुन,तेल,चामल बोकेर परिवार पाल्थे।बर्तमान धनुषा जिल्लामा अवस्थित चिसापानी गोदार पुग्नु पर्थ्यो अरे नुन बोक्नका लागी।रामेछाप,दोलखा,ओखलढुंगा,सोलुखुम्बु,सिन्धुली देखि पुर्बी क्षेत्रका मानिसहरु नुन तेल लिनका चिसापानी गोदार पुग्नु पर्थ्यो अरे।चिसापानी गोदार पुग्नका लागी घरबाट जादा ५ दिन अनि नुन तेल बोकेर फर्कदा करिब ६ दिन गरि जम्मा १२ देखि १३ दिन त हिडेरै बिथ्यो अरे।बिक्रम सम्बत २०२३ सालको कुरा हो घरबाट ५ रुपिया बोकेर चिसापानी गोदार पुग्दा ३ रुपियामा ८ पाथी नुन आउथ्यो अरे अनि २ रुपियाले चाही बाटोमा खाना खाजालाई पुग्थ्यो अरे।बिक्रम सम्बत २०२३ सालकै कुरा हो घरबाट एक माना घ्यु लगेर चिसापानी गोदारमा नुन साटदा एक माना घ्युको ६ पाथी नुन आउथ्यो अरे अनि एक पाथी तोरिको १० पाथी नुन आउथ्यो अरे।तत्कालीन समयमा सिलगुडीबाट गोरु गाडामा नुन बोकाएर गोदार सम्म ल्याइ पुरयाइन्थ्यो अरे अनि त्यहा देखि चाही स्याउलाले छापेको टहरो र गोठमा बसेर ब्यापारीहरुले नुन तेलको बिक्रि गर्थे अरे।धेरै दिन सम्म यात्रा गरेर नुन लिन जानू पर्ने भएको कारण तत्कालीन समयमा अहिले जस्तो होटल र लजको सुबिधा पनि नभएको कारण आफैले पिठो,च्याख्ला,चामल र गुन्द्रुक बोकेर जानू पर्ने अनि राती ओडनका लागी कि त एउटा राडी,कि त एउटा भाङग्रा बोकेर जानू पर्थ्यो अरे।नुन लिन जादा र नुन बोकेर फर्कदा यात्रा गर्दा गर्दै जहाँ रात पर्छ त्यही नै ओडार वा पाटी पौवा जंगलमा सुत्नु पर्थ्यो र यसरी सुत्दा कतिलाइ त बाघले खायो अरे।तत्कालीन समयमा होटलको सुबिधा नभएको कारण घरबाट आफैले लगेको खाजा,च्याख्ला,पिठो र चामलको ढिडो र भात बाटैमा आगो फुकेर पकाउदै खादै हिडनु पर्थ्यो अरे,यसैले त उखान नै छ कि जहाँ पुग्ला त्यही आगो फुक्ला।नुन तेल लिन जान र लिएर आउन धेरै लामो दिन लाग्ने भएकै कारण भनाइ नै छ कि नुनको गुण भुल्नु हुदैन..!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *