नापजाँच सकिएको पाँच वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
2026-09-13बाढीले बगाएको सडकमा युद्धस्तरमा काम बेत्रावती स्कुलसम्म ट्रयाक खोलियो
2026-09-13
Sunday, September 13, 2026
बुटवलमा मजदुरको शव फेला

बुटवलमा मजदुरको शव फेला
रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ मा रहेको निर्माण व्यवसायीको क्याम्प भित्र एक मजदुरको शव फेला परेको छ । बुटवल ११ स्थित रङ्गशाला नजिक किरातेश्वर मैनाचुली अबिसा जेभी कन्ट्रकशनको क्याम्पमा दाङको घोराही नगरपालिका ५ का ५२ वर्षीय रमेश डाँगी मृत फेला परेका हुन् ।
वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक पुष्करसिं ऐरेका अनुसार बिहीबार दिउँसो डाँगीको शव फेला परेको हो । उनी सोही क्याम्पको रेखदेख गर्ने कामदार हुन् । उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भैरहेको ऐरले बताए ।





