मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
कस्तो क्रान्ति : नेताका छोरा मरेर शालिक भए, जनताका छोरा उपचार नपाएर मर्न बाध्य भए !

काठमाडौं । अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा स्वर्गीय प्रकाश दाहालको शालिक बनेको विषय एकदम नै विवादमा आएको छ ।
ककनी गाउँपालिका प्रकाशको शालिक भर्खरै अनावरण गरियो । लगत्तै विवाद चर्कियो । प्रकाशसँग ककनीमा कुनै सम्बन्ध छैन ।
प्राकृतिक कालगतीले मृत्यु भएका प्रकाशको शालिक नै बनाउँनुपर्ने योगदान छैन भन्दै चर्को विरोध भएको छ ।
पूर्वजनमुक्ति सेनाका घाइते कमाण्डरको उपचार नपाएर काठमाडौंको सडकपेटीमै मृत्यु
केहीले त माओवादीले जितेर देशको माटोलाई आफ्नो बिर्ता बनाउँन खोजेका आरोप लगाएका छन् । पत्रकार समिर बनामीले भने, मलाई लाग्छ, ककनी माओवादीले बिर्ता बनाउने छैन ।
शुरुवाती दिनमा अध्यक्ष सुमन पाख्रिनको काम र खटाई हेर्दा आशलाग्दो र सकरात्मक देखिन्छ । उहाँ जतिको मान्छेले पछि इतिहासले सराप्ने गरी प्रचण्ड पुत्रको सालीक ककनीमा बनाउन दिनु घात हो ।
कुनै शक्तिले एनएमएलाई शालिक बनाउन बाध्य बनाइयो । अब त्यो शालिक फुटाउन ककनीबासी बाध्य हुनेछन् । हुनुपर्छ ।
पर्वतारोही त धेरै छन् । प्रकाश दाहालकै शालिक बनाउनु पर्छ भने केही थिएन । बरु तुप्चेश्वर र त्रिशुलीमा पोष्ट बहादुर बोगटीको शालिक सहितको पार्क बनाउन सकिन्छ ।
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखे हामी कस्तो खालको क्रान्ति ग¥यौ ? जहाँ नेताका छोरा मरेर शालिक भए, भने जनताका छोरा उपचार नपाएरै मर्न बाध्य भए, यी तस्वीरहरु आफै बोलिरहेका छन् ।




