मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
आमसञ्चार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा आउन लागेको आमसञ्चार विधेयक प्रेसमैत्री बन्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा समसामयिक राजनीति, युनियनको महाधिवेशनलगायत विषयमा आयोजित छलफल एवं अन्तक्र्रियामा उहाँले यो वा त्यो बहानामा प्रेसमाथि नियन्त्रण गर्न नहुने भन्दै त्यसबारे आफूले निर्देशन दिएको बताउनुभयो ।
लोकतन्त्रका लागि लडेका सञ्चारमाध्यममाथि अङ्कुश लगाउने गरी आमसञ्चार विधेयक नआउने विश्वास व्यक्त गर्दै उहाँले आमसञ्चार विधेयक संसद्मा छलफलका क्रममा रहेकाले पत्रकारको सल्लाह सुझावअनुसार नै प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताउनुभयो ।
रजिष्ट्रारको विषयमा मात्रै कुरा नमिलेको र कुन श्रेणीमा राख्ने भन्नेमा मात्रै अलमिलएको उल्लेख गर्दै उहाँले यसले छिट्टै निकास दिने उल्लेख गर्नुभयो । गण्डकी प्रदेश सरकारले सीमित स्रोतसाधनका बीच पनि लोककल्याणकारी काम गरेको दाबी गर्दै उहाँले गठबन्धनको सरकार भएका कारण पार्टीले सोचेअनुरुप काम नभए पनि तुलनात्मक सन्तोषजनक भएको धारणा राख्नुभयो ।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले आर्थिक वृद्धिदर ८ प्रतिशतसम्म पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, उपप्रमुख शिरोमणि बराल, कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, युनियनका सल्लाहकार गङ्गाधर पराजुली, राजबहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घकी पूर्व उपाध्यक्ष अनिता बिन्दु, युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेललगायतको सहभागीता थियो ।




