मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Tuesday, July 7, 2026
धनुषा — भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ ।

धनुषा — भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए ।ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको कटुवालले बताए ।
- बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।




