मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
स्थानिय चुनाबमा कांग्रेसले धोका दिएको प्रचण्डको निष्कर्ष ! भन्छन् : ‘आगामी दिनमा शिक्षा लिन्छौँ’

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट धोका भएको बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठकलाई आइतवार प्रज्ञा भवन कमलादीमा सम्बोधनका क्रममा दाहालले बताएका हुन्। ‘कांग्रेसबाट धोका भएको महसुस भएको छ। आगामी दिनमा शिक्षा लिनुपर्नेछ’, उनले भने, ‘गठबन्धनलाई कसरी अगाडि लाने भन्नेमा छलफल जरुरी छ।’
दाहालले धेरै ठाउँमा उम्मेदवारी दिन नसक्दा पनि पार्टी पछि परेको बताए। ‘धेरै ठाउँमा उम्मेदवारी दर्ता नै गरेनौं’, उनले भने, ‘पहिलेको निर्वाचन र अहिलेको तुलनात्मक अध्ययन गरेर कमी कमजोरी विश्लेषण गर्नुछ।’ उनले निर्वाचनमा कमजोर नतिजाको परिणाम पार्टीभित्रकै गुटबन्दी र असहयोग पनि रहेको बताएका छन्।
‘आगामी निर्वाचनको तयारी र रणनीतिबारे चर्चा गर्नुछ। हाम्रा अगाडि सम्भावना र चुनौती दुवै छ। यसलाई ध्यान दिनुपर्नेछ’, उनले भने, ‘विश्वभरी नै राजनीतिक ध्रुवीकरण बढिरहेकाले त्यसमा पनि ख्याल गर्नुछ।’ उनले हिजो छुटेर गएका सबैलाई ल्याएर पार्टीलाई जीवन्त बन्ने वातावरणका लागि काम गर्ने पनि बताए। ‘यहाँ आउनुअघि धेरै कोसिस गरेँ, १२ जना अहिले खाली राखिएको छ’, उनले भने, ‘अन्य पूर्ण छ। केन्द्रीय समितिको टुंगो लागेको छ।’
उनले राजनीतिक प्रतिवेदनभन्दा पनि अहिलेको विषयमा आफ्ना कुरा बुँदागत रुपमा प्रस्तुत गर्ने बताए। ‘हामीले समग्र विश्व परिस्थितिको समीक्षा गर्नु छ। विश्वभर नै ध्रुवीकरणको क्रम चलेको छ’, उनले भने, ‘एकातिर पश्चिमा साम्राज्यवाद शक्तिहरु र अर्कोतिर चीन लगायत देश छन्।’ दाहालले नेपाललाई एसपीपी सम्झौतामा लान नदिएर सकारात्मक काम भएको उनले बताए।




