एमसीसी बहाना बनाएर पार्टी छाडेको दोरम्बाको अन्तरघाती टोलि फेरी प्रचण्ड कै दैलोमा !

0Shares

नेकपा (माओवादी केन्द्र) दोरम्बाको अन्तरघात वाला टोलि पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई बोकेर अध्यक्ष प्रचण्डको दैलोमा पुग्गेको छ । उनीहरु नारायणकाजी श्रेष्ठ निकट मानिन्थे । दोरम्बा गाउँपालिकाको अध्यक्षको टिकट नपाएपछि यशु चौलागाईं नेतृत्वको टोलिले एमसीसीलाई बहाना बनाएर पार्टी छाडेका थिए ।

सामूहिक राजीनामा दिने नेताहरुले नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश कमिटीलाई सम्बोधन गर्दै राजीनामा दिएको एक विज्ञप्तिमार्फत जानकारी दिएका थिए । पार्टीबाट सामूहिक राजीनामा दिनुपर्ने कारण खुलाउँदै जारी गरिएको विज्ञप्तिमा पार्टी परिवारवादमा फसेको, जनताको हितमा नरहेको एमसीसी पास गरेको, राष्ट्रिय स्वाधिनताको विषयमा पार्टीले ठोस कुरा गर्न नसकेको बताउँदै उनीहरुले पार्टीबाट सामूहिक राजीनामा दिएको उल्लेख गरेका थिए ।

चौलागाईंको समूहले एमाले प्रवेशका लागि एमाले निकट निर्माण व्यवसायी रत्न गौतमसंग बाक्लै हिमचिम बढाएका थिए । चुनावमा आफ्नै दाई एमालेबाट उम्मेदवार भएपछि चौलागाईको टोलिले माओवादीलाई अन्तर्घात गर्दै एमालेलाई सहयोग गरेको थियो । दोरम्बाका स्थानीय नेताहरुका अनुसार बागमती प्रदेश कमिटी सदस्य बन्न नपाएको झोकमा उनीहरु चिडीएका थिए । उनलाई एमालेको चुनाव चिन्हबाट चुनाव लड्न दिने आश्वासन दिईएको थियो तर नपाएपछि फेरी माओवादी मै फर्किने सुरसारमा लागेका थिए।

यसरी राजीनामा दिनेहरुमा यशु चौलागाई, चितलाल श्रेष्ठ, रामकुमार लामा, अन्जान लामा, श्याम घिसिङ, रोजबहादुर योञ्जन, प्रेम कुमार श्रेष्ठ, रेमबहादुर थापामगर, भीमबहादुर थापामगर, सन्तोष मैनाली, बाबुराम अधिकारी, बसन्त भण्डारीलगायत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *