खानेपानीसंग संघर्ष गर्दै भान्टाबारीका जनता ।।।

0Shares

खानेपानीसंग संघर्ष गर्दै भान्टाबारीका जनता ।।।

विनोद मण्डल आषाढ़ १८ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ७ भन्टाबारीका जनताले खानेपानीको अभावमा भौतारिरहेका उपभोक्ताले जनाएका छन् ।

करीब २५० घरधुरी जनसंख्या रहेको यस ठाउँमा विगत लामो समयदेखि खाने पानीको लागि एक मात्र विकल्पको रुपमा रहेको सरस्वती गाउँको पुछारमा रहेको कोपिले खानेपानी मुहानबाट करिब २०६२/ ०६३ देखि पाइप मार्फत पानी उपभोग गर्दै आएका यहाँका जनताले वर्षाको समयमा खोलाले पाइप बगाउँदा र संकलित पानीको मुहान सुक्दै गएपछि खाने पानीको लागि टाढा टाढा जानुपर्ने बाध्यता विगतदेखि रहिआएको खानेपानी उपभोक्ता समितिका सह – सचिव राधा राउतले बताउँनु भएको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष शरद बानियाका अनुसार यस क्षेत्रमा माननीय हिमाल कार्की र खानेपानी डिभिजनल प्रमुख सत्यनारायण शाहको विशेष सहयोग र पहलमा भन्टाबारीको हाडेटार गाउँबस्ती स्थित रहेको एक डिप बोरिङको ब्यबस्थापन सँगै मोटर जडान गरेपछि यहाँका मानिसलाई विगतमा भोग्दै आएको सास्तीमा कमी हुनेमा विश्वस्त भएको जानकारी दिनु भएको छ ।

समाजसेवी भविन्द्र राईका अनुसार माननीय हिमाल कार्की र डिभिजनल प्रमुख सत्यनारायण शाह ज्यूबाट यहाँका जनताले खानेपानी समस्या समाधान गर्नको लागी धेरै आशा गरेको हुनाले यस ठाउँका गाउँ टोलमा अझै खानेपानीको आपूर्तिमा विशेष ध्यान केन्द्रित गर्न जरुरी देखिएको हुनाले उहाँहरुको सहयोग अपरिहार्य भएको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *