झ्याँकु घट्ना प्रकरण : के किशोरी एक्लैले युवकको हत्या गरिन् ?

0Shares

चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकामा एक युवकको हत्या उनकी प्रेमीकाले मात्रै गरेकी हुन् भन्ने विषयमा शंका उब्जिएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर–३, सर्सेपुका २४ वर्षिय यानबहादुर बस्नेतको हत्या भएको पुष्टि गर्दै प्रहरीले त्यसमा उनकै १९ वर्षिया प्रमिकाको संलग्नता रहेको बिवरण सार्वजनिक गरेको थियो । घट्नाको समग्र प्रकृति हेर्दा किशोरी एक्लैले घट्ना घटाएको भन्नेमा स्थानीय शसंकित छन्

युवक किशोरीको घरमा जेठ १० गते साँझको समयमा पुगेपछि उनीहरुबीच बिवाह बारेमा लामो समय बिवाद चल्नु, त्यसबेला घरका अन्य सदस्य समेत घरमै हुनु लगायतका कारण हत्यामा प्रेमिकाको मात्रै हात रहेको भन्नेमा शंका उत्पन्न भएको हो । प्रहरीका अनुसार भाग्नका लागि जवरजस्ती गर्न खोजेपछि प्रतिकारमा किशोरीले घाँटी अठ्याउँदा युवकको मृत्यु भएको थियो । तर त्यस क्रममा युवकले प्रतिकार गरे की गरेनन् ? घरमा रहेका परिवारका अन्य सदस्यहरुको भुमिका के रह्यो भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन ।

नाम खुलाउन नचाहेका एक जना स्थानीयले घट्ना योजनाबद्ध रुपमा घटाईएको हुँदा केटीको मात्रै संलग्नता रहेको कुरा पत्याउन नसकिने बताए ।

प्रहरी अनुसन्धानका क्रममा यानबहाहदुर र उनकी प्रेमिकाबीच साँझ ६ बजेदेखि ९ बजेसम्म कुराकानी भएको देखिएको छ । प्रहरी अनुसन्धान भन्छ, कुराकानीका क्रममा युवकले प्रेमिकालाई भागौं भनेर मनाउने प्रयास गर्छन् तर किशोरीले अस्विकार गर्छिन्, युवकले पुन जवरजस्ती गर्न खोजेपछि प्रतिकार गर्दै केटीले घाँटी अठ्याउँछिन् र युवकको मृत्यु हुन्छ ।’

घाँटी थिचेर हत्या गरेपछि मात्रै शव व्यवस्थापन गर्न युवतीले परिवारका अनय सदस्यलाई जानकारी गराएको प्रहरीको भनाई छ । यानबहादुरको मृत्यु भइसकेपछि घट्नालाई आत्माहत्या बनाउन घरदेखि करिव ७० मिटरको दुरीको जंगलमा शवलाई झुन्ड्यान भने परिवारका सदस्यले सहयोग गरेको प्रहरीको अनुसन्धान छ । उनीहरुले प्रहरीलाई दिएको वयानमा मृत्युपछि युवकको घाँटीमा डोरी बाँधेर घिसारेको बताएका छन् ।

शव जङ्गलमा पुर्याएपछि डोरीलाई ढुंगाले काटेको र आधा भाग डोरी काफलको रुखमा लगेर झुन्ड्याईएको देखिएको छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेलले भने केटीले युवकको हत्या गरेपछि परिवारका अन्य सदस्यले शव व्यवस्थापन गर्न सहयोगी भुमिका खेलेको बताए । किशोरी एक्लैले घट्ना कसरी घटाईन् भन्ने प्रश्नमा पौडेलले हत्यामै अन्यको भूमिका रहे÷नरहेको विषय थप अनुसन्धानको विषय भएको प्रतिक्रिया दिए ।

मृतकका परिवारले केटीलाई मात्र दोषी देखाएर घट्नाका मुख्य दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाएका छन् । किशोरी वुबाको योजनामै घट्ना भएको पीडित परिवारको आरोप छ ।

पीडित परिवारको किटानी जाहेरीको आधारमा घटनामा संलग्न भएको अभियोगमा प्रहरीले किशोरीसहित उनका परिवारका ६ जना र अर्का एकजना छिमेकीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । उनीहरुले प्रहरीले अदालत बुझाउँदैछ । हत्यामा संलग्न १९ वर्षिय किशोरी स्थानीय मानेडाँडा माविमा कक्षा ११ मा अध्ययरत थिईन् । मृतक बस्नेत सोही विद्यालयमा लेखापालको रुपमा कार्यरत थिए ।

ती किशोरी गत स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी बनेकी थिईन् । स्थानीयका अनुसार युवकले उनलाई म्यादी प्रहरी भर्ना हुँदा चरिकोट ल्याउने र म्यादी जागिर सकिएपछि मोटरसाईकलमा घर पुर्याउन सहयोग समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *