असार महिनादेखि वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुने

0Shares

दोलखा । दोलखामा आगामी असारदेखि वडास्तरबाटै राष्ट्रिय परिचय पत्र वितरण हुने भएको छ ।

आगामी असार पहिलो साता देखि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सुरु हुने भएको हो । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग काठमाडौंले आज सदरमुकाम चरिकोटमा एक कार्यक्रमको आयोजना गर्दै आगामी असार पहिलो सातादेखि स्थानिय तहबाटै राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता अभियान सुरु गरिने जानकारी गराएको हो । योसँगै जिल्लाका ७४ वटै वडाबाट राष्ट्रिय परिचय पत्र वितरण हुने भएको छ । त्यसका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग काठमाडौंले एक स्टेशनमा ३ जना कर्मचारी खटाउने भएको छ । ति कर्मचारीका लागि स्थानिय जनप्रतिनिधिहरुले सहजीकरण गर्नेछन् ।

यसअघि सिन्धुपाल्चोक, सिन्धुली लगायतका ३२ वटा जिल्लामा स्थानीय तहबाटै परिचय पत्र वितरणको काम सम्पन्न भएकोमा हाल दोलखासहित १३ जिल्लामा पनि सो अभियान सुरु गर्न लागिएको हो । दोलखामा यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै राष्ट्रिय परिचयपत्र बनाउने गरिएको थियो । अब राष्ट्रिय परिचयपत्र बनाउनका वडास्तरबाटै अभियान सुरु हुने भएपछि सर्वसाधारणलाई राहत पुग्ने भएको छ ।

कार्यक्रममा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तिर्थ राज भण्डारी, निर्देशक ललितकुमार बस्नेत, दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइराला, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी गंगा प्रसाद पौडेल, जिल्लाका ९ वटा स्थानिय तहका प्रमुख एवम् उपप्रमुख, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *