सिटौलाका विश्वास पात्र राप्रपामा प्रवेश ,काँङ्ग्रेसमा खैलावैला

0Shares

भद्रपुर  नेपाली काँङ्ग्रेसको भातृसङ्गठन नेपाल तरुण दल झापा ३ नम्बर क्षेत्रीय सभापति खडक लिम्बु राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
भद्रपुर वडा नम्बर २ स्थायी वसोवास गर्दै आएका लिम्बुको ३० वर्ष नेपाली काँङ्ग्रेसको यात्रा शनिबारबाट टुटाउँदै राजेन्द्र प्रसाद लिङ्देनले नेतृत्व गर्दै आएको राप्रपामा नयाँ यात्रा शुरुवात गरेका हुन् ।
पार्टीमा कुनै स्वार्थ नराखी तीन दशक लामो समय विभिन्न पदमा रहेर काम गरेपनि विपीको सिद्धान्तलाइ कुल्चिएर भाषण मात्र गर्ने परिपाटी बढ्दै गएपछि पार्टी परित्याग गर्नु परेको लिम्बुको भनाइ छ । पार्टी भित्र गुटबन्दी ,एकल निर्णय लगायतका विषय मन नपरेपछि पार्टीमा वसिरहन उचित नलागेको उनले जनाए । अहिलेको परिवेशमा राप्रपाले उठाएको एजेण्डा मन मरेपछि पार्टी प्रवेश गरेको उनले वताए । लिम्बु तरुण दलको जिल्ला सदस्यबाट प्रवेश गरेर पार्टीमा रहदै आएका थिए । उनी झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष लगायत दर्जन भन्दा बढी विभिन्न सङ्घ संस्थामा आवद्ध छन् ।
लिम्बुसँगै तरुण दल भद्रपुर नगर सचिव तथा झापा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सन्तोष धमला तथा नेपाली काँङ्ग्रेस क्षेत्रीय प्रतिनिधि दिलकुमारी राइ गरी २४ जना राप्रपामा प्रवेश गरेका थिए । उनीहरुलाइ राप्रपाका अध्यक्ष लिङ्देनले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *