प्रचण्ड प्रधानमन्त्री बन्ने नै भए ! जताततै हंगामा

0Shares

पासा पल्टियो: अन्ततः प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भयो एमाले ! जताततै हंगामा

काठमाडौं

स्थानीय तह निर्वाचन सकिएपछि दलको ध्यान आउँदै गरेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनतिर गएको छ ।

ठिक यही बेला सत्ता गठबन्धन नै अघि बढ्छ या यो भत्किएर अर्काे पुनः वाम गठबन्धन बन्छ भन्नेतर्फ धेरैको चासो देखिन्छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

कांग्रेसमा पनि अहंकार बढे एमाले जस्तै बनाइदिने चेतावनी दिएपछि आगामी चुनाव र त्यसअघिकै राजनीतिक उछलकुदबारे बहस सुरु भएका छन् ।

पछिल्लो राजनीति, गठबन्धनको भविष्य र वाम गठबन्धनको संभावनाबारे अनलाइनखबरकर्मी बिनु सुवेदीले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’सँग गरेको कुराकानीको सम्पादित अंश:

तपाईंकै भाषामा भन्दा कांग्रेस र एमालेलाई खबरदारी गर भनेर जनताले दिएको जनादेशलाई तपाईंले बार्गेनिङ टुल बनाउनुभयो भन्ने आरोप छ नि ?

बार्गेनिङ टुल बनाएकै छैन नि ! बार्गेनिङ टुल बनाउन खोजेको भए २०७४ को निर्वाचनपछि म पाँचै वर्ष प्रधानमन्त्री हुन्थें । प्रधानमन्त्री मुख्य होइन,

जनता मुख्य हो भनेर प्रधानमन्त्री बनिनँ । जनतासँग जे प्रतिबद्धता गरियो, त्यसप्रति नैतिक रूपले कायम रहन बाध्य छु ।

मलाई प्रधानमन्त्री चाहिएन भन्या होइन मैले ? यो त सबैलाई थाहा छ नि ! अहिले पनि प्रधानमन्त्री बन्नुुस्, निर्वाचन गराउनुस् भन्न मान्छेहरू आउँछन् नि ! आएका छन् । तर मैले भनेको छु, गठबन्धन छोड्दिनँ ।

संविधान, लोकतान्त्रिक गणतन्त्र, संघीयता र राष्ट्रियताको रक्षा निम्ति गठबन्धन बनाइयो, यसको आवश्यकता अहिले पनि छ । मलाई प्रधानमन्त्री चाहिंदैन अहिले पनि भनिरहेकै छु ।

त्यसैले मैले बार्गेनिङ गरें भन्ने प्रश्न कहाँबाट आउँछ ? मैले ‘सेक्रिफाइस’ गरेको किन मिडियाले भन्न चाहँदैन ? अनौठो त्यो लाग्छ !

त्यसैले मैले बार्गेनिङ गरें भन्ने प्रश्न कहाँबाट आउँछ ? मैले ‘सेक्रिफाइस’ गरेको किन मिडियाले भन्न चाहँदैन ? अनौठो त्यो लाग्छ !

प्रचण्डले ‘सेक्रिफाइस’ गरेको हुनाले केपी पनि तीन वर्ष प्रधानमन्त्री भए । प्रचण्डले ‘सेक्रिफाइस’ गरेकाले अरू पार्टीका पनि नेताहरू प्रधानमन्त्री भएका छन् ।

जसलाई प्रधानमन्त्री बनाउँदा प्रचण्डलाई सजिलो हुन्छ, उसैलाई बनाउने त गर्दै आउनुभएको होला नि ?

मलाई मात्रै सजिलो बनाउने भन्ने होइन । मलाई मात्रै सजिलो खोज्ने भए त आफैं प्रधानमन्त्री बन्थें नि ! देशलाई सजिलो कसरी हुन्छ ? के गर्दा संविधान र प्रणालीको रक्षा हुन्छ ?

जनतालाई कताबाट राहत दिन सकिएला भन्ने चिन्ता न हो मेरो । हिजो वाम गठबन्धन गर्दा राजनीतिक स्थिरता यताबाट आउला भन्ने सोचेर न गरेको हो ।

कांग्रेससँग गठबन्धन गर्दा पनि विकास, शान्ति, स्थिरताका लागि हो । मेरो निम्ति त मैले गठबन्धन बनाएको होइन । जनताले यही भूमिकासम्म गर है भन्दासम्म त म यही गर्छु ।

यो पनि हेर्नुहोस,

जसपासँग गठबन्धनका लागि लोसपाले अघि सार्‍यो दुई सर्त – ‘पाँच दलीय गठबन्धन र सरकार छाड्नुपर्छ’

जनता समाजवादी पार्टी नेपाल (जसपा)र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच एकता वा गठबन्धनका लागि अनौपचारिक छलफल भएको छ ।

अनौपचारिक छलफलकै क्रममा लोसपाले जसपासामू दुई वटा सर्त तेर्स्याएको छ । ती सर्तमा जसपाले सरकार र पाँच दलीय गठबन्धन छाड्नुपर्ने रहेको लोसपाका एक नेताले रातोपाटीलाई बताए ।

कार्यकारिणी सदस्यसमेत रहेका ती नेताका अनुसार जसपा पाँच दलीय गठबन्धन र सरकारमा रहेकै अवस्थामा पार्टी एकता वा गठबन्धनको विषयमा कुनै औपचारिक कुरा हुन कठीन छ । एकता वा गठबन्धनका लागि पहिलो सर्तकै रुपमा जसपाले सरकार छाड्नुपर्ने प्रस्ताव गरिएको उनको भनाइ छ ।

यता जसपा सरकार छाड्ने पक्षमा छैन । लोसपासँग गठबन्धन वा एकताको कुरा अगाडि बढे मात्र गठबन्धन छाड्ने कि नछाड्ने कुरा हुने जसपाका नेताहरु बताउँछन् ।​ लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले पनि लोसपा र जसपा मिल्नुपर्ने अवस्थाको सिर्जना स्थानीय चुनावले गरेको बताए ।

‘एक अर्कासँग कुरा गर्नका लागि कुनै न कुनै बिन्दु समात्नुपर्ने हुन्छ, त्यो बेला लोसपा र जसपाले सर्त राख्न सक्ने अवस्था पनि आउन सक्छ,’ उनले भने, ‘जसपा अहिले प्रदेश र संघ दुवै सरकारमा छ, लोसपा दुवै ठाउँमा विपक्षमा छ ।

उता जसपा पाँच दलीय गठबन्धनमा पनि छ, यस अवस्थामा लोसपा र जसपाबीच गठबन्धनका लागि कुरा हुँदा यी विषय उठ्नसक्छ ।’

अहिले त्यो अवस्था आइनसकेको उनले बताए । उनका अनुसार अहिले एकता वा गठबन्धनका बारेमा कहीँ कतैबाट कुराको सुरुवात भएको छैन ।

स्थानीय चुनावको नतिजा आएपछि जसपा र लोसपाले आपसमा गठबन्धन वा एकताका लागि मनसाय बनाएका छन् । स्थानीय तहको चुनावमा जसपाले ३० वटा स्थानीय तह र लोसपाले १६ वटा जितेको छ । ती दलहरुको अपेक्षा यतिमात्र थिएन ।

जसपाले देशभरबाट कम्तीमा ७० देखि ८० वटा पालिका जित्ने आकलन गरेको थियो । लोसपाले ३० देखि ४० वटा पालिका जित्ने दाबी गर्दै आएको थियो । तर दुवैको लक्ष्य पूरा भएन ।

दुवै दल मिलेको भए धेरै ठाउँमा जित्न सकिन्थ्यो भन्नेमा दुवै दलका नेता सहमत छन् । त्यही भएर नै अहिले जसपा र लोसपाबीच पुनः एकता वा गठबन्धनका लागि पहल हुन थालेको छ । दुवै दलका पहिलो तथा दोस्रो तहका नेताहरुले आन्तरिक रुपमा छलफल थालनी गरे पनि त्यसलाई औपचारिकता दिन सकेका छैनन् । एक अर्कामाथिको अविश्वासकै कारण छलफलले औपचारिकता पाउन सकेको छैन ।

लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले एकता वा गठबन्धनका लागि लोसपामा कुनै छलफल नभएको बताए । ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले नै आफ्नो एक अन्तरवार्तामा एकता तथा गठबन्धनको कुरा बाहिर ल्याएपछि त्यसले चर्चा पाएको हो,’ उनले भने, ‘दुवै पार्टीमा त्यही विषयलाई लिएर चर्चा भए पनि कुनै ठाउँमा ठोस कुरा भएको छैन ।’

लोसपाको कार्यकारिणी समितिको बैठकमा यी विषयमा छलफल भयो भने एउटा निष्कर्ष निस्केला तर अहिलेसम्म कतै यसबारे आधिकारीक कुरा नभएको उनको भनाइ छ ।

जसपाको कार्यकारिणी सदस्य एवं मधेस प्रदेश प्रदेशसभा सदस्य मनिष सुमनले लोसपा र जसपाबीच गठबन्धन होइन, एकता नै हुनुपर्नेमा जोड दिए । विगतमा भएको एकता किन भङ्ग भयो भन्नेबारे समीक्षा गर्दै पुनः एकता नै गर्नुपर्ने उनको भनाइ छ ।

उनले एकता गरी पाँच दलीय गठबनधनलाई नै निरन्तरता दिनुपर्ने बताए । ‘लोसपासँग एकता गर्नका लागि न सरकार छाड्नुपर्छ न गठबन्धन तोड्नुपर्छ, एकता भएपछि लोसपा पनि त्यो सरकार र गठबन्धनको हिस्सा हुनजान्छ,’ उनले भने, ‘त्यसैले एकताका लागि गठबन्धन तोड्ने वा सरकार छाड्ने कुरा हुँदैन ।’

यसअघि भएको पार्टी एकीकरण एक वर्ष पनि टिक्न सकेन । लोसपाको बुझाई अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चाहनाअनुसार एकीकरण गरे, उनको चाहना पूरा भएपछि पार्टी विभाजन गरे ।

अब फेरि पनि अध्यक्ष यादवले त्यसरी नै प्रयोग गर्ने हो कि भन्ने आशंका लोसपाका नेताहरुमा छ । त्यही भएर लोसपाले गठबन्धन र सरकार दुवै छाड्नुपर्ने सर्त अगाडि सारेको छ ।

लोसपाका नेता सन्तोष मेहताले भने, ‘जसपा पाँच दलीय गठबन्धनमा पनि रहने, अनि यता लोसपासँग पनि गठबन्धन गर्ने भन्नुमा कुनै तारतम्य छैन ।’ एउटा गठबन्धन गर्नका लागि अर्को गठबन्धन छाड्नै पर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *