पूर्वराजा ज्ञानेन्द्र शाहले गरे यस्तो गर्ने नहुने काम, भयो चौतर्फी बिरोध ! हेर्नुहोस

0Shares

पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यलाई ठगिरहेको खुलासा भएको छ । पूर्वराजा शाहले झण्डै २ करोड विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई नतिरेको खुलासा भएको हो ।

यो खुलासापछि उनीमाथि गम्भीर प्रश्न उठेको छ । विश्लेषकहरुले पूर्वराजा भन्दैमा ज्ञानेन्द्र शाहले यस्तो गर्न पाउँछन् रु भन्दै प्रश्न गरिरहेका छन् । बक्यौता नतिरे सरकारले कारवाही गर्नुपर्ने उनीहरुको भनाई छ ।

सरकारले उपलब्ध गराएको नागार्जुन दरबारमा रहेका नौवटा मिटरमध्ये आठवटाको जरिवानासहित १ करोड ९५ लाख २८ हजार ७ सय ६४ रुपैयाँ महसुल वक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

दरबारक्षेत्रमा रहेको चरा पालेको घरको महसुल डेढ वर्षअघिदेखि नेपाली सेनाले तिरिरहेको छ भने ग्राहक नम्बर २१६।२६।२०३ लाई भने प्राधिकरणले कालो सूचीमै राखेको छ ।

वक्यौता उठाउन प्राधिकरणको बालाजु वितरण केन्द्रले विभिन्न निकायमा लिखित पत्र पठाए पनि सबै निकायले आफ्नो जिम्मा नभएको भन्दै पन्छिरहेको नेपाल विद्युत् प्राधिकरण, बालाजु वितरण केन्द्रका प्रमुख विधान पोखरेलले बताए ।

सरकारले भने सबै प्रकारका कर र महसुल पूर्वराजपरिवारबाटै असुल गर्नुपर्ने निर्णय गरिसकेको छ । तर, पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी फणिराज पाठकले भने सो महसुल नेपाल सरकारले नै तिर्नुपर्ने बताए ।

जनताले एमालेलाई माया गरेर मत दिए : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा जनताले एमालेलाई माया गरेर धेरै मत दिएको बताएका छन् । जनसंगठन समन्वय संयन्त्रको बैठकमा बोल्दै ओलीले एमालेलाई जनताले मत दिएपनि नेतापिच्छे उम्मेदवार ठिक भएन भन्दै न्यायाधीश बन्दा हारिएको बताएका छन् ।

स्थानीय तहमा दोस्रो भएपनि मतमा एमाले पहिलो भएको ओलीले बताए । ‘हामीले पालिका कम जित्यौं होला । त्यस आधारमा हामी कमजोर देखिएको हुनसक्छ ।’

ओलीको भनाई उदृत गर्दै केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘तर, जनमतमा एमाले पहिलो दल भएको छ । एमालेको जनमत घटेको छैन, त्यसप्रति गुनासो छैन ।’

‘हामीले उपप्रमुख जित्ने प्रमुख हार्ने भयो । वडामा जित्ने प्रमुख हार्ने भयो । समस्या हामीमै भयो ।’ ओलीको भनाई उल्लेख गर्दै रिजालले भने, ‘केही चित्त बुझेको छैन भनेपनि कमिटीले फैसला गरेपछि नेतापिच्छे न्यायधिस भएर यो उम्मेदवार ठिक भएन भनेर हुदैन ।

त्यसैले हामीले हारियौ ।’ सत्ता गठबन्धनले एमालेले गरेको विकासलाई भत्काउने बाहेक अरु कामै नगरेको ओलीको आरोप छ ।

‘यो गठबन्धनले हामी गरेको विकासको जग भत्काउने काम गरेको छ । कुनैपनि नयाँ जग हालेको छैन । हामीले गरेको कामलाई उल्ट्याउने बिगार्ने काम गरेको छ ।’

ओलीले भने, ‘आगामी प्रदेश र संघको चुनावमा जनसंगठन वडा र पालिकामा केन्द्रीत हुनुपर्यो । सत्ता गठबन्धन एमाले र एमाले विरुद्धको गठबन्धन हो ।’ प्रदेश र संघको चुनावमा एमाले एक्लै जाने ओलीले बताएका छन् ।

६ बुँदे निर्णय गर्दै सकियो राप्रपा नेपालको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला

६ बुँदे निर्णय गर्दै राप्रपा नेपालको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सकिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा हेटौंडामा बुधबार र बिहीबार चलेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो ।

भेलाले हिन्दुराष्ट्र, लोकतन्त्र र राष्ट्रियताको मान्यतामा आधारित ‘सम्वर्द्धनवाद’ को वैचारिक दर्शनको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपालको लक्ष्य हासिल गर्ने उद्देश्य प्राप्तिका निम्ति राप्रपा नेपाललाई देशको बलियो र अग्रणी शक्ति बनाउने अभियानमा वागमती प्रदेशभित्रका सबै जिल्ला कार्यसमिति मन, वचन र कर्मले समर्पित रहने संकल्प गर्ने निर्णय गरेको छ ।

त्यस्तै भेलामा केन्द्रको तर्फबाट प्रस्तुत भावी कार्यदिशा तथा कार्यक्रमलाई सबै जिल्लाहरुमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै यथाशिघ्र जिल्ला कार्यसमितिलाई पूर्णता दिने,

भदौभित्र प्रदेशका सबै पालिकाका वडाहरूमा पार्टीको इकाई समितिहरु गठन गर्ने, असारभित्र जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने, पार्टी कार्यालय व्यवस्थित रूपमा सञ्चालन गर्ने,

सबै तहका कार्यसमितिहरूको बैठक नियमित गर्ने, महिनाको एकपटक सबै तहको बैठक बस्ने व्यवस्था मिलाउने जस्ता निर्णय गरेको छ ।

त्यसैगरी नेपाल आयल निगमले पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नाले सर्वसाधारण जनतालाई ठूलो मर्का परेकाले सरकारले विभिन्न नाममा उठाउँदै आएको कर हटाएर भएपनि पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्ने,

प्रदेशको राजधानी हेटौंडालाई सबै जिल्लाहरूसँग सोझो र सरल यातायातको माध्यमबाट जोड्न तथा काठमाडौं उपत्यकासम्म सहज आवागमनका लागि हेटौंडा काठमाडौं जोड्ने सुरुङ मार्गलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्न प्रदेश र संघीय सरकारसँग माग गर्ने,

हिन्दुराष्ट्र र राष्ट्रियताको सिद्धान्तप्रति प्रतिबद्ध विगतमा सँगै काम गरेका तथा अन्य सबैलाई राप्रपा नेपालको अभियानमा सहभागी हुन आह्वान गर्ने, वन,

वन्यजन्तु र पर्यावरणको संरक्षण सुनिश्चित गरि तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई निरन्तरता दिन सरकारसँग आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *