दोलखामा योजना सम्पन्न जिरीमा ६३ प्रतिशत काम सम्पन्न

0Shares

जिरी (दोलखा ) । चालु आर्थिक वर्ष सकिनै लाग्दा दोलखामा विकास निर्माणका योजना सम्पन्न गर्ने चटारो परेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ सकिन अब एक महिना मात्रै बाँकी रहदा दोलखामा स्थानीय तहहरुलाई विकास निर्माणको काम सक्न चटारो परेको हो । सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल बैशाख ३० गते गर्ने निर्णय गरेपछि चैत र बैशाख दुई महिना विकास निर्माणका योजनानै प्रभावित हुन पुगेको देखिन्छ । अब चालु आर्थिक वर्ष सकिन असार एक महिना मात्रै बाँकी छ । त्यस कारण दोलखाको स्थानीय तहहरुमा सञ्चालन भएका विकास निर्माणको काम सक्न चटरो परेको हो । अहिले जिल्लाको दुई नगरपालिका र सात गाउँपालिका गरी ९ वटै स्थानीय तह विकास निर्माणको काम सम्पन्न गर्ने चटारोमा देखिएको छ । जिरी नगरपालिकामा चालु आर्थिक वर्ष सञ्चालन हुने योजनामध्य अझै २६ वटा योजनाको सम्झौता हुनै बाँकी रहेको छ । यस्तै, २ सय ५१ वटा योजनाको काम भइरहेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्मको अवधिमा १ सय ५८ वटा अर्थात ६३ प्रतिशत विकास निर्माणको योजनाको काम सम्पन्न भएको जिरी नगरपालिकाका योजना शाखा प्रमुख मानबहादुर जिरेलले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०७८/७९ सकिन अब एक महिना मात्रै बाँकी रहदा दोलखामा स्थानीय तहहरुलाई विकास निर्माणको काम सक्न चटारो परेको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल बैशाख ३० गते गर्ने निर्णय गरेपछि चैत र बैशाख दुई महिना विकास निर्माणका योजनानै प्रभावित हुन पुगेको देखिन्छ । अब चालु आर्थिक वर्ष सकिन असार एक महिना मात्रै बाँकी छ । त्यस कारण दोलखाको स्थानीय तहहरुमा सञ्चालन भएका विकास निर्माणको काम सक्न चटरो परेको हो ।अहिले जिल्लाको दुई नगरपालिका र सात गाउँपालिका गरी ९ वटै स्थानीय तह विकास निर्माणको काम सम्पन्न गर्ने चटारोमा देखिएको छ ।

उहाँका अनुसार सम्पन्न भएका योजनामध्ये प्रदेश पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत ९ लाखको लागतमा जिरी अस्पतालमा खानेपानी, १० लाखको लागतमा विक टोल होसिङगा खानेपानी आयोजना, जिरी ४ मेक्पामा १७ लाख ३७ हजार ५ सय लागतमा भान्छा घर निर्माण र ९ लाख ८७ हजार ५ सयको लागतमा डल्ललेमाने पटासे सडक तथा ९ लाखको लागतामा कालोखोला तारेभिर टोक्सेल सडकको स्तारोन्तती गरिएको छ । यसैगरी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत ९ लाख ५४ हजार ९ सयको लागतमा जेम एमाडेमीदेखि देउराली डाँडासम्म सिढी निर्माण लगातका अन्य योजनाहरुको पनि काम सम्पन्न भएको नगरपालिकाको योजना शाखाले जनाएको छ । नगरपालिकाका अनुसार १२ लाखको लागतमा यार्सा थारखारी–ल्वासा आहाल डाँडा सडक, ८ लाखको लागतमा राबु गुफाटोल इम्बा सडक र ९ लाखको लागतमा शिवालय श्यामा सडकको पनि स्तोरोन्नती गरि भुक्तानी भएको छ । स्थानीय तह निर्वाचनका कारण योजना सम्झौतामा ढिलाई भएको योजना शाखा प्रमुख जिरेलले बताउनुभयो । साना योजनाहरुको मात्रै सम्झौता हुन बाँकी रहेको र ति योजनाहरु पनि हालै सम्झौता गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।

जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले ९० प्रतिशत योजना सम्झौता भइसकेकाले असारमसान्तसम्म सबै योजनाको काम सक्ने लक्ष्य लिएको बताउनुभयो । वर्षाका कारण विकास निर्माणका काम सम्पन्न गर्नका लागि समस्या भएको र केहि ठुला योजनाको काम नसकिएको खण्डमा आगामी वर्षमा सम्पन्न हुने उहाँले बताउनुभयो । चालु आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहेकाले असार मसान्तसम्म सबै विकास निर्माणको योजना सम्पन्न गरिसक्नुपर्नेछ । तर, अहिलेसम्म कतिपय योजनाको सम्झौतानै हुन बाँकी रहेकाले दिगो विकास नहुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *