दोलखाको तामाकोशी नदीमा मृत फेला

0Shares

दोलखा । दोलखाको तामाकोशी नदीमा मृत फेला परेका पुरुष सिन्धुलीको भएको पुष्टि भएको छ ।

तामाकोशी नदीमा मृत फेला परेका सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ७ का ५४ वर्षिय ओम कुमार मोक्तानको भएको पुष्टि भएको हो । मोक्तान जेठ १३ गतेदेखि बेपत्ता भएका थिए । बेपत्ता मोक्तानको शव हिजो साँझ तामाकोशी गाउँपालिका वडा नम्बर ५ किर्नेटार स्थित तामाकोशी नदी किनारमा वेवारिसे फेला परेको थियो । बेपत्ता उनको खोजी कार्य जारी राखेका आफन्तजनले आज उनको शव पहिचान गरेका हुन् । हाल मोक्तानको शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुशिल केसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *