नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
काठमाडौंका मेयर-उपमेयर र मन्त्री झाँक्रीबीच भेट, बन्चरेडाँडामा फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीबीच भेटघाट भएको छ ।
भेटघाट काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधानको छलफलमा केन्द्रित रहेको बताइएको छ ।
बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको अवस्था र सञ्चालनका लागि सहयोग गर्ने विषयमा मेयर-उपमेयरले मन्त्री झाँक्रीसँग कुराकानी गरेका छन् ।
बिहीबार मन्त्रालयमा मेयर साहले बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्नको लागि शहरी विकास मन्त्रालयलाई सहयोग गर्न आग्रह गरे । जवाफमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्ने बताइन् ।
नवनिर्वाचित मेयर उपमेयरलाई मन्त्रालयमा बधाई दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैँ तयार रहेको समेत आश्वस्त पारिन् ।
मेयर साहले बन्चरेडाँडामा तत्काल फोहोर विसर्जनका लागि स्थानीयबासीलाई सहमत गराउने विषयमा पनि सहजीकरणका लागि आग्रह गरेका छन् ।





