नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
नेपाल कम्युनिस्ट पार्टीको १३ औं केन्द्रीय समिति बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको १३ औं केन्द्रीय समिति बैठक सम्पन्न
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीको १३ औं पूर्ण केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । उदयपुरको रौतामाई गाउँपालिकामा बसेको बैठकले फुटवादलाई परास्त गर्दै एकीकृत जनक्रान्तिको संघर्षलाई उचाईँमा पुर्याउने निर्णय गरेको छ ।

महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले आगामी असोजमा पार्टीको नवाैँ महाधिवेशन गर्ने निर्णय गरेको छ । यसअघि फागुनमा गर्नेकी भन्ने छलफल भएको भएपनि विविध कारणले असोजमा उपयुक्त हुने भन्दै अन्तिम समयमा असोजमा गर्ने निर्णय भएको हो ।

बैठकका निर्णयहरु आागामी जेठ २० गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर विस्तृतमा सार्वजनिक गरिने नेकपा सचिवालयले जनाएको छ ।
बैठकमा ५८ जना केन्द्रिय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु सहभागी थिए ।
बैठक जेठ १२ गतेदेखि १७ गतेसम्म चलेको थियो ।





