श्रीमानले मलद्वारमा लौरो घुसाएर सख्त घाइते बनाएकी महिलाको चारदिन पछि मृत्यु

2Shares

चितवन, १७ जेठ । श्रीमान्को क्रुर यातनाबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नंं १० की गीता माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः५० बजेको समयमा मृत्यु भएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार शल्यकृया गरेको बिरामीको मुटुको चाल एक्कासी बन्द हुने समस्या कारण मृत्यु भएको हो। यो समस्या प्रति एक लाखमध्ये दुई जनामा देखिने समस्या भएको उहाँको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार उनको शव भरतपुर अस्पताल शवगृहमा राखिएको छ ।

यही जेठ १२ गते साँझ ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले कोठामा बन्धक बनाई मलद्वारबाट लौरो घुसाएर सख्त घाइते बनाएका थिए । चिकित्सकका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो । उनमा दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता उत्पन्न भएको थियो । घटनालगत्तै प्रहरीले उनका श्रीमान् रामचन्द्रलाई पक्राउ गरि सकेको छ ।

मृतक महिलाको तर्फबाट कसैले पनि श्रीमान् विरुद्ध जाहेरी नदिएपछि प्रहरीले आफैले प्रतिवेदनको आधारमा ज्यान मार्ने उद्योग र जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *