बुद्ध एयरको ‘अमानवीय हर्कत’ : ज`लेकी महिलालाई ५ घण्टा कुरायो, तर जहाजमा लैजान मानेन

0Shares

जलेर घा`इते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले धनगढी विमानस्थलमै छाडेर उडेको हो।

हवाई उडानको सेवा घाइतेको उद्धारको लागि पहिलो प्राथमिकतामा हुनुपर्नेमा त्यसविपरीत बुद्धले भने इमर्जेन्सी उपचार पाउनुपर्ने घा´इतेलाई पाँच घण्टा कुराएर छाडेर हिँडेपछि आलो´चना भएको छ।

काठमाडौं। कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घ`टनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलो´चित बनेको छ।

तत्कालै अस्पताल पुर्‍याउनुपर्ने अवस्थाको घा´इतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेको हो। बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी आगोले जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले धनगढी विमानस्थलमै छाडेर उडेको हो।

हवाई उडानको सेवा घाइतेको उ´द्धारको लागि पहिलो प्राथमिकतामा हुनुपर्ने हो। त्यो मान्यतावि´परीत बुद्धले भने इमर्जेन्सी उपचार पाउनुपर्ने घा´इतेलाई पाँच घण्टा कुरा´एर अमा´नवीय ढङ्गबाट छाडेर हिँडे पछि आलो´चना भएको छ।

अघिल्लो दिन नै टिकट बुक गरेकी उनी बुधबार साँझ पाँच बजे एयरपोर्ट पुगेकी थिइन्। जहाजको उडान तालिका साँझ ७ बजेर २५ मिनेटमा थियो। एयरपोर्टका बुद्ध एयरका कर्मचारीले उनलाई उडान केही घण्टा ढिलो हुने भन्दै पर्खा´एर राखे।

त्यति बेलासम्म बुद्ध एयरका कर्मचारीले घाइतेका श्रीमान् केन्द्रसँग म´न्जुरीनामा कागज बनाएर हस्ताक्षर गराइसकेका थिए। घा`इते वा गम्भीर प्रकृतिका बिरामीलाई विमानमा लैजानुअघि परिवार वा नजिकका आफन्तसँग मन्जुरीनामा लिने गरिन्छ।

साथै, घा´इते र उनको सहयोगीको रूपमा गएका श्रीमानको गरी २ ओटा टिकेटको बोर्डिङ पास दिइसकेको थियो। बुद्धका कर्मचारीले घा´इतेको अवस्था समेत हेरेका थिए। ह्वील चियरमा बसिरहेकी घा´इतेले आफू विमानमा बस्न सक्ने बताएकी थिइन्।

त्यति बेला विमानस्थलमा बुद्धको जहाज थिएन। काठमाडौं जान पर्खिरहेका यात्रुलाई लिन राति ९ बजेपछि मात्रै काठमाडौंबाट विमान धनगढी पुग्यो। केही बेरपछि यात्रुलाई विमानमा चढाउन विमानस्थलको १ नम्बर गेटबाट रनवेतिर बोलाइयो।

घा´इते लोकशरीलाई पनि ह्विलचियरमा सहयोगीले लैजादैथिए। तर, बुद्ध एयरका कर्मचारीले रोके। ‘घा´इतेलाई विमानमा नचढाउन पाइलटले भनेका’ भन्दै विमानका कर्मचारीले लैजान दिएनन्।

आगोले जलेर घा´इते भएकी बाजुरा बुढिगंगाकी लोकशरी कुँवर उनका पति र सहयोगीका साथ

चिकित्सकले घा´इतेलाई जहाज चढ्न मिल्छ भनेर सिफारिस गरेका थिए। घा´इतेसँगै बुढिगंगा नगरपालिका स्वास्थ्य संयो दीपक शाह पनि एयरपोर्ट पुगेका थिए। उनैले घा´इतेको टिकट ब´न्दोब´स्त गरिदिएका थिए। चार घण्टा कु´राएर मन्जुरीनामा र बोर्डङ पास बनाइसकेको घा´इतेलाई लैजान नसक्ने बताएपछि विमानस्थलसम्म छाड्न गएकाहरूले जसरी पनि लैजान भन्दै अनुनय विनय गर्न थाले।

‘पाइलटको आदेश’ भन्दै आफूहरूको हा`रगु´हार बुद्धका कर्मचारीले नसुनेको बुढीगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले नेपालभ्यूजसँग टेलिफोनमा भने, ‘‘म आफैँ स्वास्थ्यकर्मी हुँ। उहाँको उपचारमा सहयोग गरिरहेको थिए।

उहाँलाई विमान सजिलै बस्न सक्नुहुन्थ्यो। उनी ह्विलचियरमा बसिरहनुभएको थियो। सबै प्रक्रिया पूरा भएपछि अन्त्यमा बि´रामीमालाई लैजान मानेनन्। पाइलटले बिरामीलाई पनि हेरेनन्। कर्मचारीहरूले नै पाइलटले लान नमानेको बताए।’’

७ हजारको टिकटमा उडाउन नमानेपछि ३६ हजार तिरेर एम्बुलेन्स
बुद्ध एयरले घाइतेलाई छाडेपछि आफन्तहरूले ३६ हजार रुपैयाँ तिरेर एम्बुलेन्स भाडामा लिए। यो समाचार प्रकाशित हुँदा (बिहीबार मध्यान्न १ बजे) घाइते बोकेको एम्बुलेन्स रुपन्देही आइपुगेको छ।

बाजुरा बुढिगंगा १० लोकशरी अछामको बयलपाटा अस्पतालमा उपचाररत थिइन्। बयलपाटा अस्पताले उपचार सम्भव नभएको भन्दै काठमाडौं रिफर गरेको थियो। उपचारको लागि ढिला हुँदा उनको अवस्था ज`टिल बनेको श्रीमान् एकेन्द्र कुँवर बताउँछन्।

‘‘जहाजले लैजान नमानेपछि एम्बुलेन्सको खोजी गरियो। बल्ल बल्ल ३६ हजार रुपैयाँमा सस्तो पाइयो। अरूले पैसा खोजखाज गरेर एम्बुलेन्स रिजर्भ गरिदिए। हामी अहिले काठमाडौं जाँदै छौ,’’ एकेन्द्रले टेलिफोनमा भने, ‘‘हिजै अस्पताल पुर्‍याउनुपर्ने बिरामी अझै बाटोमा छ। अवस्था झन्भन्दा झन् गम्भी`र बनेको छ।’’

घा´इतेलाई अस्पतालले रिफर गरे पनि उपचारको पैसा नभएपछि विभिन्न व्यक्तिसँग सहयोग जुटाइएको थियो। बुद्ध एयरलाइन्सले नलगेपछि फेरि एम्बुलेन्सको लागि पैसा जुटाउँदा केही समय लागेको थियो।

लोकशरी कुँवर धनगढीबाट एम्बुलेन्समै बसेर काठमाडौं आउँदै छिन्, उनी बस्न नसक्ने भन्दै बुद्ध एयरले छाडेर आएको थियाे।

आलोचनापछि बुद्धको दाबी : स्ट्रेचर मगाएको भए लैजान्थ्यौँ
आ´क´स्मिक रूपमा अस्पताल पुर्‍याउनुपर्ने बिरामीलाई छाडेको बुद्ध एयरले भने घ,टनाबारे प्रतिक्रि`या दिन मानेको छैन। बजार निर्देशक तथा जनसम्पर्क अधिकारी रूपक जोशीले घ´टनाबारेमा धनगढीको म्यानेजरसँग सोध्नुपर्ने बताए। आफूलाई केही जानकारी नभएको भन्दै उनी पन्छिए।

बुद्ध एयर धनगढीका व्यवस्थापक बुद्धराम चौधरीले भने बि´रामी बस्न नसक्ने भएकाले लैजान नमानेको बताए। पहिले जानकारी गराएमा स्ट्रेचर उपलब्ध हुने भन्दे नर्मल सिटको टिकट काटेकाले नलगिएको उनी बताउँछन्।

‘‘ती बिरामी ह्विलचेयरमा बस्न नसक्ने अवस्थामा थिइनन्। अनि कसरी आकाश माथि डेढ घण्टा बस्न सक्थिन्। दिउँसै खबर गरेर स्ट्रेचर चाहियो भनेको भए उहाँलाई लग्न सकिन्थ्यो तर उहाँहरूले नर्मल टिकट काट्नुभयो,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *