भरतपुर देश कै नमुना शहर, पायो १ अर्ब ८० करोड २४ लाख बजेट, चालु वर्षको भन्दा धेरै

0Shares

चितवन । भरतपुर महानगरपालिकालाई सरकारले आगामी वर्षको लागि बजेट बढाएको छ । आगामी आर्थिक वर्ष २०७९ र ८० को लागि संघले गत वर्षको तुलनमा भरतपुर महानगरलाई बजेट बढाएको हो ।

सरकारले भरतपुर महानगरलाई आगामी वर्षका लागि १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान बजेट दिएको छ । चालु आवका लागि भरतपुरले १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ अनुदान पाएको थियो । अहिलेको बजेट भाषणमार्फत सरकारले भरतपुर महानगरको लागि चालु वर्षको तुलनामा बजेट बढाएको हो ।

जुन अनुदान चालु वर्षको तुलनामा १५ करोड ९६ लाख रुपैयाँ बढी हो । भरतपुरले समपूरक २ करोड ५० लाख रुपैयाँ र विशेष अनुदान १४ करोड ८ लाख रुपैयाँ पाएको छ । १ अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा ५१ करोड ६९ लाख रुपैयाँ हात पारेको छ ।

सरकारले देशका ६ वटा महानगरपालिकालाई १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट दिएको छ। महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले पाएको छ । आगामी वर्षका लागि काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकाले गत वर्षभन्दा बढी बजेट पाएका छन् भने वीरगञ्ज, विराटनगर र ललितपुरको बजेट घटेको छ ।

पोखरा महानगरपालिकाले २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ, काठमाडौं महानगरपालिकाले २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ पाएका छन् । यस्तै, वीरगञ्ज महानगरपालिकाले १ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ, ललितपुर महानगरपालिकाले १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ र विराटनगर महानगरपालिकाले १ अर्ब २१ करोड ८५ लाख रुपैयाँ पाएका छन् ।

किचकिचे र अवरोध गर्ने वडाध्यक्षहरुलाई छानी छानी ठेगान लगाउने तयारीमा बालेन शाह !
काठमाडौं महानगरको मेयरको उम्मेदवार बनेदेखि नै निकै ट्याक्टिल र इन्टिेलच्युयल जवाफ र भिजन आम जनतालाई बाड्दै आएका बालेन साह निर्वाचित भएपछि पनि एक्सनमा त्यस्तै कटिबद्ध र प्रतिबद्ध भएर लागेका छन् ।

बालेन साहले पहिलो निर्णय नै कार्यपालिका बैठक लाईभ गर्ने बताएका थिए । लाईभ बैठकमा समेत केही वडाध्यक्षहरुले अवरोध गरको देखिन्थ्यो । जस्तोसुकै कठिन प्रश्न र परिस्थितीको सामना गर्न सक्ने बालेनले अब चाहि दिमाग घुमा,एका छन् । बालेनले सर्प पनि म,र्ने र लौरो पनि नभाच्चिनेगरी ट्रिक लगाएका छन् ।

मंगलबार नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेको तस्बिर बाहिरियो ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह अन्तर्गत काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको समयमा बालेन ओलीलाई उनको निवास बालकोट पुगेर भेटेको समाचार फोटो उनले कार्यभार सम्हालेको भोलिपल्ट मात्र सार्वजनिक भयो ।

प्राय भेटवार्ता हुँदा यस’दयगत जारीकारी र सूचना दिने बालकोट र बालेन दुवै पक्षबाट यसलाई गुपचुप राखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा पनि भयो ।

आफ्नै दलका उम्मेदवार केशव स्थापितलाई तेस्रो बनाएर चुनाव जितेका बालेनलाई शुभकामना नदिएका एमालेका कतिपय नेता र कार्यकर्ताले बालेनको बालकोट यात्रालाई ‘शुभ संकेत’ को रुपमा अर्थ लगाउँदै बाधई एवं शुभकामना दिए ।

स्थापितलाई बलियो र बालेनलाई तेस्रो स्थानमा राखेका कतिपय एमाले नेता कार्यकर्ता उनको धमाकेदार जितबाट महानगरमा पार्टीको अवस्थालाई लिएर निराश बनिरहेको बेला ओलीसँग बालेनको भेटको फोटो सार्वजनिक हुँदा खुसी मनाएका थिए ।

उनै बालेन आज नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । काठमाडौं महानगरको कार्यपालिकामा बहुमत रहेको दलका सभापतिसँग बालेनले काम गर्न सहयोगको मागे ।

देउवाले पनि पूर्ण रुपमा सहयोग हुने वचन दिए । यसले बालेनका समर्थकलाई केही राहत मिलेको छ । महानगरको प्रत्यक्ष प्रशारण भएको पहिलो कार्यपालिका बैठकमा कांग्रेसबाट विजयी वडा अध्यक्षले ‘बबाल’ गरेको र बालेनको काममा भाँजो हाल्न सक्ने उनका समर्थकको आक्रोशका बीच देउवाले राम्रो काममा सहयोग हुने वचन दिए ।

बालेनले कुनै दल विशेषलाई नभएर स्वतन्त्र रुपमा विजयी भएका कारण सवैको हुन खोजेको र सवैलाई साथमा लिएर जान खोजेको सन्देश यी भेटवार्ताबाट दिन खोजेका छन् ।

महानगरमा दिग्गज राजनीतिज्ञ र विश्लेषकलाई चक्मा दिँदै जित निकालेका उनले कच्चा राजनीतिक व्यवहान नगर्ने संकेत पछिल्ला ‘मुभ’ले देखाएको छ । नेतासँग भेट गर्ने र सहयोगको वचन लिने क्रम अझै चल्ने देखिन्छ ।

स्वतन्त्र रुपमा चुनाव जितेका उनले महानगरको नेतृत्वमा सहजसँग रहन र विकासका लागि दलहरुलाई समेत विश्वास लिन खोजिरहेका छन् । कतिपयले बालेन साहको ट्रिकका रूपमा पनि व्यख्या गरेका छन् । न्यूज़पर्दा बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *