मधेस सरकारबाट बाहिरिँदै माओवादी र एकीकृत समाजवादीकांग्रेस र लोसपा आजै सरकारमा जाने

0Shares

मधेस सरकारबाट बाहिरिँदै माओवादी र एकीकृत समाजवादी
कांग्रेस र लोसपा आजै सरकारमा जाने

थाङमिचागु डटमक संवाददाता

नेकपा माओवादी र एकीकृत समाजवादी पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ।

प्रदेशका विभिन्न ठाउँमा रहेका दुबै पार्टीका मन्त्रीहरु राजीनामा बुझाउन शनिबार जनकपुरधाम आउन लागेका छन्।

माओवादी र समाजवादीबाट प्रदेश सरकारकामा दुई-दुई जना मन्त्री छन्।

माओवादी अर्थ र उद्योग तथा पर्यटन र एकीकृत समाजवादी उर्जा सिँचाई तथा खानेपानी र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित सरकारमा छ।

संघमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनाउने सहमती भएसँगै दुवै दलका मन्त्रीलाई मुख्यमन्त्री सतिश सिंहले राजीनामा दिन भनेका थिए।

‘औपचारिक रुपमा मुख्यमन्त्रीबाट हाम्रो दलको नेतालाई राजीनामा दिनुस् भन्ने सूचना आएको छैन। तर राजीनामा दिनुपर्ने हो भन्ने सुनेर हामी जनकपुर आउँदैछौँ,’ उर्जामन्त्री बेची लुंगेलीले भनिन्।

दुवै दलले राजीनामा बुझाएलगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारमा सहभागी हुनेछन्।

मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन्।

बिहान ११ बजे विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको छ। त्यसअघि नै कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन लागिएको भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए।

उनका अनुसार कांग्रेसले चारवटा र लोसपाले दुईवटा मन्त्रालय मागेको छ। माओवादी र समाजवादीले पाएको चारवटा मन्त्रालय कांग्रेसले मागेको हो। लोसपालाई भने तत्काल एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराइने उनले बताए।

‘विश्वासको मत लिनु अगाबै दुबै दललाई सरकारमा सहभागी गराउन लागिएको हो।लोसपालई हामीले श्रम तथा यातायात र गृह तथा सञ्चार मन्त्रालय लिन भनेका छौँ तर उसले मानेको छैन। लोसपाले एउटा ठूलो विकासे मन्त्रालय मागिरहेको छ,’ उनले भने। 

नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री रहेकी विमला अन्सारी र नागरिक उन्मुक्तीबाट श्रम तथा यातायात मन्त्री रहेकी उर्मिला देवी सिंह चौधरीले पनि राजीनामा दिन लागेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *