नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ ।
आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले आज विज्ञप्तिमार्फत् निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने भएकाले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको हो । याथाशीघ्र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्न सबै मुख्य निर्वाचन अधिकृतहरुलाई आयोगबाट निर्देशन गरिसकिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै आयोगले निर्वाचन प्रक्रिया सुरु भइसकेपछि बीचमा रोक्न नमिल्ने भएकाले निर्वाचन प्रभावित गर्ने गरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठि, सेमिनार लगायतका कार्यक्रम आयोजना नगर्न÷नगराउन तीनै तहका सरकार, राजनीतिक दल र अन्य सरोकारवालाहरुलाई आग्रह गरेको छ । वैशाख ३० मा भएको स्थानीय तहका निर्वाचनको परिणामपछि अहिले देशभर गाउँकार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन भइरहेको छ ।





