दोलखामा कार्यपालिका निर्वाचनः एमाले ४, माओवादी र कांग्रेसको १/१ मा बहुमत

0Shares

दोलखा । दोलखाको ९ वटै स्थानीय तहले निर्वाचन मार्फत कार्यपालिका गठन गरेका छन् ।

आज ४ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै जिल्लामा सबै स्थानीय तहहरुले कार्यपालिका सदस्य चयन सम्पन्न गरेका हुन् । आज भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिका, कालिञ्चोक र विगु गाउँपालिकाले कार्यपालिका सदस्य चयन गरेका हुन् । यसअघि जिरी नगरपालिका, गौरीशंकर गाउँपालिका, तामाकोशी, मेलुङ र वैतेश्वर गाउँपालिकाले निर्वाचनमार्फत् कार्यपालिका सदस्य चयन गरेका थिए । आजसम्म कार्यपालिका सदस्य चयन गरिसक्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेपछि सोही अनुसार जिल्लाका सबै पालिकाहरुले कार्यपालिका सदस्य चयन गरेका हुन् । जसअनुसार चार वटा पालिकामा एमाले तथा १/१ पालिकामा माओवादी र कांग्रेसको एकल बहुमत जुटेको छ ।

आज सम्पन्न भिमेश्वर नगरपालिकाको कार्यापालिका सदस्य निर्वाचनबाट ८ जना निर्वाचित भएका छन् । ६ जना महिला सदस्य निर्वाचित भएका हुन् भने ३ जना दलित अल्पसंख्यक सदस्य निर्वाचित भएका हुन् । महिला सदस्यहरुमा किरण ओली, खेम कुमारी श्रेष्ठ, मिना विश्वकर्मा, मुना श्रेष्ठ र सुसिला खड्का थापा तथा दलित वा अल्पसंख्यकतर्फ गोपाल बहादुर थामी, गोरे बहादुर सार्की र भिम बहादुर भुजेल निर्वाचित भएका छन् । उनीहरु सबै एमालेबाट निर्वाचित भएका हुन् । योसँगै भीमेश्वर नगरपालिकामा एमालेको बहुमत देखिएको छ ।

दोलखाको ९ वटै स्थानीय तहले निर्वाचन मार्फत कार्यपालिका गठन गरेका छन् । आज ४ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै जिल्लामा सबै स्थानीय तहहरुले कार्यपालिका सदस्य चयन सम्पन्न गरेका हुन् । जसअनुसार चार वटा पालिकामा एमाले तथा १/१ पालिकामा माओवादी र कांग्रेसको एकल बहुमत जुटेको छ ।

यसैगरी, विगु गाउँपालिकामा गाउँकार्यपालिकाको निर्वाचन पनि ६ जना कार्यपालिका सदस्य चयन गर्दै आज सम्पन्न भएको छ । जसअनुसार महिला सदस्यमा गोमा केसी, ज्योती माया थामी, टहल माया तमाङ, मैया तमाङ र दलित र अल्पसंख्याकतर्फ छिरिवाङ्जे शर्पा र लोक बहादुर नेपाली कार्यापालिका सदस्य चयन भएका छन् । नवनिर्वाचित कार्यपालिका सदस्य सबै एमालेका हुन् । विगुमा पनि एमालेको बहुमत कायम भएको छ ।

शैलुङ गाउँपालिकाको गाउँकार्यपालिकाको निर्वाचनबाट पनि ६ जना कार्यपालिका सदस्य चयन गरिएको छ । कार्यापालिका सदस्यको निर्वाचनबाट सबै एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । सो गाउँपालिकामा एमालेको बहुमत पुगेको छ ।
यस्तै, कालिञ्चोक गाउँपालिमा पनि आज सम्पन्न निर्वाचनबाट ६ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । जसअनुसार महिला सदस्यतर्फ माओवादी केन्द्रबाट सुनिता कार्की र गोपिनि दर्जी, नेपाली कांग्रेसबाट विनिता शिवाकोटी र नेकपा एमालेबाट तारा माया थामी निर्वाचित भएका छन् । यस्तै दलित र अल्पसंख्याकतर्फ नेकपा माओवादीबाट बजुराम घतानी र नेपाली कांग्रेसबाट भवानी थापा चयन भएका छन् । कालिञ्चोक गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धन दलको बहुमत रहेको छ ।

यसअघि निर्वाचन सम्पन्न भएको गौरीशंकर गाउँपालिकामा माओवादी एक्लैको बहुमत कामय भएको थियो भने मेलुङ गाउँपालिकामा एमाले र वैतेश्वर गाउँपालिकामा कांग्रेसको एकल बहुमत छ । जिरी नगरपालिकामा एमाले अल्पमतमा परेको छ भने कार्यपालिका सदस्यमा सबैभन्दा बलियो उपस्थिति माओवादी केन्द्रको भएको छ । जिल्लाको तामाकोशीमा गठबन्धनदलको बहुमत रहेको छ ।

आवरण तस्वीरः कालिञ्चोक गाउँपालिकाका नवनिर्वाचित गाउँकार्यपालिका सदस्यहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *