छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

0Shares

छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

थाङमिचागु डटकम संवाददाता

राष्ट्रिय सभाले अछामको एक छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ को छाउगोठमा किशोरी बलात्कृत भएको भन्दै सांसदहरूले सरकारको जवाफ मागेका थिए । यस विषयमा सरकार नबोलिरहेको भन्दै उनीहरूले रुलिङको माग गरेका थिए ।

आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जवाफ दिन गृहमन्त्रीलाई रुलिङ गरेका हुन् ।

‘अछामको छाउपडीको विषयमा, जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु । सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु,’ अध्यक्ष दाहालले भने ।

आकस्मिक समय, शून्य समयलगायत समयमा सांसदले उठाएका विषय सम्बन्धित मन्त्रीकहाँँ पठाउने गरेको उनले स्मरण गरे ।

‘हरेक दिन पठाएका छौं । यहाँ उठेका विषयहरूका बारेमा जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै हामीले दिइसकेका छौं । यी सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौं,’ उनले भनेका छन् ।

असार ४ गते पञ्चदेवल विनायक नगरपालिकामा छाउगोठमा बसेकी एक किशोरी आफन्तबाटै बलात्कृत भएकी थिइन् ।

छाउगोठ रवि लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *